सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सर्लाही १० मंसिर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला कार्यसमिति सर्लाहीले विभिन्न माग समेटिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी (सीडिओ) मार्फत प्रधानमन्त्रीलाई बुझाएको छ।

‎ ‎जसपा नेपाल सर्लाहीका जिल्ला अध्यक्ष रणधिर यादवका अनुसार मुलुक भित्र देखिएका समस्याहरूको समाधानका लागि केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराउन ज्ञापन पत्र पेश गरिएको हो। उनले पार्टीकाे केन्द्रित निर्देशन अनुसार देशै भरीका जिल्लाहरूबाट एकै पटक पार्टीले उठाएका मागहरू तत्काल सम्बोधनका लागि ज्ञापन पत्र बुझाएकाे बताए । ‎ ‎यादवले भने, “स्थानिय स्तरमा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरू बारम्बार पार्टीले उठाउँदै आएकाे छ । तर समाधान नआएपछि प्रधानमन्त्रीसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराउन बाध्य भयौँ।” ‎ ‎जसपा नेपाल सर्लाहीले विशेषगरी जनतासँग प्रत्यक्ष सराेकार राख्ने जस्तै बढ्दो महँगी, सीमा क्षेत्रका समस्या, जनसेवामा देखिएको ढिलासुस्ती तथा स्थानीय प्रशासनसँग समन्वय अभावजस्ता विषयमा तत्काल कदम चाल्न आग्रह गरेको छ। ‎ ‎

ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला कमिटीका पदाधिकारी , केन्द्रीय सदस्य सुधिर यादव , सुनैना चाैधरी कविलासि नगरपालिकाका पुर्व मेयर काैशल किशाेर यादव ,बसवरिया गाउँ पालिकाका अध्यक्ष राम सिहासन राय लगायतका स्थानीय नेताहरूको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट