सर्लाही टुडे समाचारदाता :
सर्लाही ३ माघ । सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टीकाे संगठन विस्तार तिब्र पारिएकाे छ । एकै दिन सर्लाहीको दुई पालिकामा वडा समिति गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ । सर्लाहीकाे मलंगवा नगरपालिका वडा नं १० र पर्सा गाउपालिकाकाे वडा नं मा वडा समिति गठन भएकाे छ भने मलंगवा नगरपालिका वडा नं ७ मा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे छ ।

सर्लाही स्थित रास्वपाका नेता कृष्णनन्दन कुमार राय,सोहन झा र अर्जुन रजक को विशेष पहलमा मलंगवा १० मा समिती गठन र मलंगवा ७ मुसैलीमा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएकाे हाे । मलंगवा १० मा दिलिप झा सभापति, अजय साह उपसभापति र गणेश प्रसाद चाैधरी सचिव रहने गरि ९ सदस्य वडा समिति गठन गरिएकाे छ भने मलंगवा ७ मुसैलीमा करिब ५० जनाले विभिन्न पार्टी परित्याग गरि रास्वपामा प्रवेश गरेकाे बताईएकाे हाे ।

त्यस्तै सर्लाहीको पर्सा गाउपालिका वडा नं ६ मा उमेश कुमार यादव सभापति , धर्मा देवी उपसभापति र रामनाथ पाश्वान सचिव रहने गरि ११ सदस्य वडा समिति गठन भएकाे रास्वपा नेता कृष्णन्दन कुमार यादवले सर्लाही टुडेलाई बताए । सर्लाहीलाई घण्टीमय बनाउन अाफुहरुले कुनै कसर बाकी नराख्ने नेता यादवकाे रहेकाे थियाे ।
