सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

सर्लाहीमा आमाकाे नामबाट नागरिकता पाउने मनाेहर गुप्ता पहिलाे बने

सर्लाही टुडे समाचारदाता ः

सर्लाही १९ माघ । सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी तथा आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई सोमबार प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले अंगीकृत नागरिकता प्रदान गरेको छ । आमाको नामका आधारमा नागरिकता वितरण सर्लाही जिल्लामा पहिलोपटक हो ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाका अनुसार यसअघि कानुनी अस्पष्टता र प्रक्रियागत जटिलताका कारण बाबुको पहिचान नखुलेको वा बाबु विदेशी भएको अवस्थामा नागरिकता प्राप्त गर्न कठिनाइ हुँदै आएको थियो । तर पछिल्लो संशोधित कानुनी व्यवस्थाले आमाको नागरिकता, वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातका आधारमा नागरिकता प्रदान गर्ने बाटो खुलेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट