सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

सहारा पंञचकनया वार्षिक १६ ओै वार्षिक साधारण सभा सम्पन्न

 

सर्लाही टुडे समाचारदाता :

सर्लाही २७ पाैष । सहारा पंञचकनया बचत तथा ऋण सहकारी संस्था लि. १६ अाै वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

संस्थाकाे १६ अाै वार्षिक साधारसभामा संचालक समितिकाे तर्फबाट आ.व. ०८१/८२ काे प्रस्तुत गर्दै संस्थाका कार्यकारी अध्यक्ष देवेन्द्र कुमार यादवले २७ हजार शेयर पुजीबाट संचालन भएकाे याे संस्थाकाे कुल शेयर पुजी ७९ लाख २५ हजार २ सय रूपैया पुगेकाे बताएका छन । सर्लाहीकाे मलंगवा- १० स्थित मलंगवा पार्टी प्यालेसकाे सभाहलमा भएकाे वार्षिक सभामा अध्यक्ष यादवले याे कुरा बताउनु भएकाे हाे ।
प्रदेशसभा सदस्य तथा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री जंगीलाल रायकाे प्रमुख आतिथ्यतामा कार्यक्रम शुरू भएकाे थियाे । कार्यक्रममा असल ऋणी, असल बचतकर्ता तथा सेवाकेन्द्रहरुकाे असल फिल्ड कार्यकर्ताहरुलाई दाेसल्ला ओढाई सम्मान पत्र सहित सम्मानित गरिएकाे थियाे ।

कार्यक्रममा शेयर सदस्य, कर्मचारी, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरूकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट