सर्लाही टुडे समाचारदाता ः
सर्लाही २ माघ । सर्लाहीको काैडेना गाउपालिका स्थित वडा नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति गठन गरिएकाे छ । रास्वपा का नेता कृष्णन्दन प्रसाद रायकाे अध्यक्षतामा वडा समिति गठन तथा कार्यालय स्थापना भएकाे हाे ।

ब्रजेन्द्र प्रसाद चाैधरी (परदेशी)वडा सभापति रहने गरि समिति गठन गरिएकाे रास्वपा नेता रायले जानकारी गराए । त्यस्तै वडा उपसभापतिमा संजय चाैधरी,सचिवमा रंजित कुमार चाैधरी तथा काेषाध्यक्षमा रानी देवि पाशवान रहने गरि समिति गठन गरिएकाे नेता रायले बताए ।
वडा समिति गठन रास्वपाका काैडेना पालिका सभापति अरबिन्द कुमार यादवकाे राेहबरमा गरिएकाे थियाे । पार्टीको वडा कार्यालय स्थापना पश्चात् उक्त क्षेत्रमा पार्टीको विस्तार कार्यमा र प्रत्यक्ष जनतासंगकाे संवादमा पनि सहज हुने विश्वासका साथ अाफुहरु अगाडि बढेकाे रास्वपा नेता कृष्णन्दन रायकाे कथन रहेकाे छ ।
