सर्लाही टुडे समाचारदाचा :
सर्लाही २६ पाैष । सहारा मल्टीपर्पस काे अपरेटिभ साेसाईटी लिमिटेडकाे ऋण लगानी ७३ कराेड बढि पुगेकाे छ । संस्थाकाे २२ अाै वार्षिक साधारसभामा संचालक समितिकाे तर्फबाट आ.व. ०८१/८२ काे प्रस्तुत गर्दै संस्थाका कार्यकारी अध्यक्ष वहि अहमद मिकरानीले संस्थाकाे ऋण लगानी रु ७३ कराेड ७३ लाख २९ हजार २ सय ३८ रुपैया पुगेकाे बताएका छन ।

सर्लाहीकाे मलंगवा स्थित जानकी पार्टी प्यालेसकाे सभाहल मा भएकाे सभामा अध्यक्ष मिकरानीले संस्थाकाे कुल सेयरपुजी ५ कराेड ७२ लाख ८ हजार ९ रुपैया,जगेडा काेष रकम ५४ लाख ८६ हजार १ सय ४५ रुपैया र संस्थाकाे कुल निक्षेप बचत रकम १ अर्ब ७१ लाख ७७ हजार ६ सय २९ रुपैया रहेकाे जानकारी गराए ।
जिल्ला समन्वय समितिकाे उपसभापति जितेन्द्र कुशवाहाकाे प्रमुख अतिथि रहेका सभामा संस्थाका मुख्य प्रबन्धक सुनिल गुप्ताले ऋण रकम तिर्नु नपर्ने,२० लाख सम्मकाे ऋण रकम मिनहा हुने जस्ताे दुर्गा प्रसाईं लगायतका समुहले बजारमा फैलाईएकाे झुठो तथा भ्रामक हल्लाकाे पछाडि नलाग्न संस्थाका ऋणी सदस्यहरुलाई आग्रह गरे । मुख्य प्रबन्धक गुप्ताले ऋणी सदस्यहरुबाट १० कराेड भन्दा बढि व्याज रकम उठाउन बाकी रहेकाे बताउदै त्यस्ता खराब ऋण असुली गर्न संस्थाले व्याज हर्जानामा केही छुट दिएर उक्त रकम असुली गर्न तयारी भईरहेकाे जानकारी गराए ।
देश भरिमा १२ वटा सेवाकेन्द्रहरु संचालन गरि रहेका संस्थाले मधेश प्रदेशका थप ५ स्थानमा सेवाकेन्द्रहरु बिस्तार गर्ने प्रस्ताव अगाडि सारेकाे छ ।
सभामा संस्थाले आ.व. ०८१/८२ काे वार्षिक प्रतिवेदन तथा आ.व. ०८३/८४ काे अनुमानित वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । कार्यक्रममा असल ऋणी, असल बचतकर्ता तथा सेवाकेन्द्रहरुकाे असल फिल्ड कार्यकर्ताहरुलाई दाेसल्ला ओढाई सम्मान पत्र सहित प्राेत्साहित गरिएकाे थियाे ।
