सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

मलंगवामा खुल्यो ब्रीज इन्टरनेशनलको १९ औ शाखा

 

मलंगवा,०५ मंसिर । ब्रीज इन्टरनेशनल प्रालिको सर्लाहीको मलंगवामा शाखा उदघाटन गरि सञ्चालनमा आएको छ । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको परामर्श र सहयोग पुरयाउदै आएको बृज इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको शाखा मलंगवा नगरपालिका १० स्थित रहेको विजडम कोचिङ एण्ड ईन्स्टिच्युटमा आज एक कार्यक्रम विच उद्घाटन भएको हो ।

विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई उचित शैक्षिक परामर्शसहित विभिन्न कक्षा तथा अध्ययनका लागि जाने देश तथा विद्यालयको विषयमा जानकारी गराउन शाखा सञ्चालनमा ल्याइएको कन्सलटेन्सीका एक्जुकेटिभ चेयरमेन भुवन गिरीले बताए ।

उद्घाटन कार्यक्रमका प्रमुख आतिथी रहनुभएका मधेश प्रदेशका पूर्व अर्थमन्त्री संजय यादवले जिल्लाकै शिक्षास्तर उकास्न विजडम कोचिङले सहजरुपले अनेकौं अवसरहरुको सिर्जना गरीदिएको बताउनुभयो । कन्सल्टेन्सीहरूको बढ्दो प्रतिस्पर्धामा ब्रिजले विजडम कोचिङलाई सेवामार्फत छुट्टै पहिचान बनाउन सकुन भनेर शुभकामना दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा सहभागी भएका मलंगवा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत होम प्रसाद घिमीरेले विद्यार्थीहरूलाई सही परामर्श प्रदान गर्दै विदेशमा अध्ययनका लागि पठाउने कार्यमा सजग भुमिका निर्बाह गर्न विजडमलाई सुझाब दिए ।

यस शाखाले विद्यार्थीको नेतृत्व विकास गरी विदेश पठाउने, भाषा सिकाउने, अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार सञ्चालन गर्ने साथै विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गर्नेलगायतका कार्य गर्ने कार्यक्रमका अध्यक्षता गरेका विजडम कोचिङका निर्देशक बिरेन्द्र जयसवालले जानकारी दिनुभयो । जयसवालले नै ब्रीज इन्टरनेशनलको मलंगवा शाखालाई नेतृत्व गर्ने बताउदै ब्रीजका एक्युजेटीभ चेयरमेन गिरीले ब्रीजले बिशेष गरेर क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने गर्ने गरेको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट