सर्लाही टुडे समाचारदाता : सर्लाही १५ भाद्र । सर्लाहीको ब्रहम्पुरी गाउपालिका वडा नं.१ मा २५ वर्षिय ताजो खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको छ । आज करिब १०ः३० बजेको समयमा घरमा कोही नभएको बेला आफनै सुत्ने कोठा भित्र बासको बलोमा सलको पासो लागेको अवस्थामा झुण्डिएको फेला परेकी खातुनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याईको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

करिब ५ वर्ष अगाडि रहमत सफि संग बिहे गरेकी खातुनको एक ४ वर्षिय छोरा पनि रहेको स्थानीयले बताएका छन । केहि दिन देखि खातुनको घरमा घरायसी विवाद चल्दै आएको स्थानीयको भनाई रहेपनि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज राई का अनुसार प्ररम्भीक अनुसन्धानमा खातुनले आत्महत्या नै गरेको हुन सक्ने बताए । पोष्टमार्टम रिपोर्ट र अनुसन्धान पछि नै थप कुरा खुल्दै जाने डिएसपी राईको भनाई छ ।
पर्सा गाउपालिका वडा नं. २ संग्राम्पुर माईत रहेका खातुनको मृत्यु पछि गाउ नै शोकमग्न भएको छ । स्थानीयले घटनाको निष्पक्ष छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन प्रहरीसंग माग गरेका छन ।
