सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

सर्लाहीको लालबन्दीमा २५ किला गाँजा सहित एक जना पक्राउ

अबरार अहमद : सर्लाही १३ भदौं । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–८, खतिवडा चोक नजिकै प्रहरीले लागू औषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

हिजो बिहिबार बिहान करिब ११ः५५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकल रोकेर सोधपुछ गर्दै गर्दा मोटरसाइकलमा सवार दुई जनामध्ये एक जना मोटरसाइकल र झोला फालेर भाग्दा सर्लाही लालबन्दी–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । अर्का व्यक्ति भने फरार रहेका छन् ।

प्रहरीले बरामद गरेको दुईवटा कालो झोलामध्ये एउटामा ५ केजी र अर्कोमा २० केजी गरी जम्मा २५ केजी गाँजा फेला परेको छ । पक्राउ परेका युवक र बरामद गाँजा तथा मोटरसाइकललाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सर्लाहीमा पेस गरिएको र अदालतले ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट