सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

नेपाल जेसिज क्षेत्र क सम्मेलनको अवसरमा विधार्थीहरुले गरे धार्मिकस्थल सरसफाई

सर्लाही टुडे समाचारदाता : सर्लाही १३ भदौं । सर्लाहीको मलंगवामा विधार्थीहरुले धार्मिक स्थलहरु सरसफाई गरेका छन । मलंगवा जेसिजको आतिथ्यमा हुन गईरहेको नेपाल जेसिज क्षेत्र क सम्मेलनको अवसरमा विधार्थीहरुले मलंगवा स्थित धार्मिक स्थलहरुको सरसफाई गरेका हुन ।

मलंगवा स्थित मलंगबाबा,झिलमिलिया माई मन्दिर र राजदेवी मन्दिरमा सरसफाई गरिएको मलंगवा जुनियर जेसिजका पुर्व अध्यक्ष जेसि प्रिन्स गुप्ताले जानकारी गराए ।

गुप्ताका अनुसार सरसफाई कार्यक्रममा मलंगवा स्थित सेन्ट गेब्रियल्स,साउथ प्वाइन्ट मावि र जेसिज माविका विधार्थीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट