अबरार अहमद ः सर्लाही १२ असार । लागु औषध सहित चितवनका दुई जना सर्लाहीमा पक्राउ परेका छन । पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं २४ बस्ने जित बहादुर बिकको छोरा १० वर्षिय अनिस बिक र सोही ठाउ बस्ने धन बहादुर परियारको छोरा १९ वर्षिय सन्देश परियार रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यात्रुबाहक टेम्पुमा सवार उनीहरुबाट प्रहरीले Nitrazepam(10) लेखिएको १२० पत्तामा १२ सय ट्याब्लेट सहित प्रहरी चौकी त्रिभुवननगरको मेन गेट अगाडी त्रिभुवननगर बजार देखी भेल्ही तर्फ जाने आउने बाटोमा चेकजाँचको क्रममा पक्राउ गरेका थिए । १० गते मंगलवार पक्राउ परेका उनीहरुमाथि सर्लाही जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
