सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

मलंगवा नगरपालिकामा नया हाकिम मुकदर्शक ,खाता संचालन पुरानै बाट(भिडियो सहित)

सर्लाही टुडे समाचारदाता .

सलाही १० मंसिर । सर्लाहीको मलंगवा नगरपालिकामा नया प्रमुख प्रशासकीय अधिकृत (हाकिम)हाजिर भएपनि अझ नगरपालिकाको खाता संचालन पुरानै हाकिमको नामबाट भईरहेको छ । नगरपालिका की नगर उपप्रमुख सकुन्तला देवीको अध्यक्षता र विभिन्न ९ वटा वडा अध्यक्षको समर्थममा १० दिने लामो आन्दोलन पश्चात मलंगवा नगरपालिकामा नया प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे हाजिर भएका थिए ।

नगरपालिकामा चल्दै आएको दलाली प्रवृति र पुराना हाकिम र दलालको सेटिन्ग भत्काउन कै लागि नगर उपपप्रमुख सहितको वडा अध्यक्षदयले तालाबन्दी गरि आन्दोलन थालेका थिए । १० दिने लामो तालाबन्दी पश्चात नया हाकिम घिमिरे आएपछि अबपनि दलाली प्रवृति नगरपालिकाबाट निरुत्साहित हुने आशमा तालाबन्दी खोल्न सहमति भएको थियो । सहमति पछि तालाबन्दी खोलिएपनि मलंगवा नगरपालिकाको अवस्था ज्यु को त्यु रहेको आनदोलनमा सहभागी वडा अध्यक्षहरुको भनाई छ । नया हाकिम घिमिरे आएपनि खाता संचालन भने पुरानै हाकिम होमनाथ सुवेदीबाट हुदै आएपछि आन्दोलन कर्ता वडाअध्यक्षहरु आक्रोशित भएका छन ।

सहमतिको नाममा हामीलाई ठगेको वडा नं २ का अध्यक्ष धिरेन्द्र साहले आरोप लगाए । नया हाकीम हाजिर भईसकेको भएपनि चोरबाटोबाट पालिकाको खाता संचालन पुरानै हाकिमबाट हुनु हामीलाई स्विीकार्य नभएको बताए । यसतो बदनियतपुर्ण निर्णय तुरुन्तै नसच्चयाए हामी अझ कडा आन्दोलन गर्न बाध्य हुने वडा अध्यक्ष साहले चेतावनी दिए ।

आन्दोलन पछि हाम्रो १२ बुदैं समझौता पछि नगरपालिकाको तालाबन्दी खोलिएको वडा नं १२ का अध्यक्ष राम दरेश रायले बताए । १२ बुदा मा एउटा पनि माग पुरा नभईकनै पुरानै हाकिम सुवेदीका नाममा खाता संचालन गरि थप नगरपालिकालाई बन्धक बनाउन प्रयास भएको अध्यक्ष रायले भने । १० दिन लामो तालबन्दी र आन्दोलनको मर्म विपरित निमित प्रमुख प्रशासकीय अधिकृत सुवेदीले चलखेल गरि पुनः आफनो नाममा खाता संचालन गरेपछि मलंगवा नगरपालिकामा फेरी कडा आन्दोलन गरिने अध्यक्ष रायले चेतावनी दिए ।

यसबारे आफु अनभिज्ञ रहेको वडा नं ६ खुटौनाका अध्यक्ष कैशाल रायको भनाई छ । वास्तवमा नगरपालिकाको खाता त नया हाकीम साबको नाममा संचालन हुनुपर्ने बताउदै यस्तो अवस्था किन र कसरी आयो यसबारे आफुपनि बुझने प्रयास गरिरहेको उनले भने ।

 

उता कार्यसंचालन स्तरको खाता पुरानै हाकिम रहेका होमनाथ सुवेदीको नामबाट चल्ने गरि आफुले नै अधिकार प्रतियोजन गरि दिएको प्रमुख प्रशासकीय अधिकत होम बहादुर घिमिरेले बताए । स्थानीय सरकार संचालन ऐनलाई टेकेरै आफुले सुवेदीलाई खर्च खाता संचालन गर्न अधिकार दिएको प्रमुख प्रशकीय अधिकृत घिमिरे ले बताए ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जे बताएपनि दवाबमा परेर वहाले आफनो अधिकार प्रतियोजन गरेको नगरपालिकामा कार्यरत एकजना कर्मचारीले भने । विगत १२ वर्षदेखि मलंगवा नगरपालिकाको कार्यभार सम्भाल्दै आएका निमित प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले विभिनन जालझेल गरि चोरबाटो बाट आर्थिक कारोबार गर्न आफनै नाम बाट खाता संचालन गरेको श्रोतले दावी गरेका छन । होमनाथ सुवेदीको नामबाट आर्थिक कारोबार हुने गरि नगरपालिकाको खाता कसरी संचालन भयो यस प्रति जनप्रतिनिधीहरुनै चकित परेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट