सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

संघीय गणतान्त्रिक गठबन्धनको ‘संयुक्त जनजागरण अभियान’ घोषणा

 

टुकुमाया खडका ः सलाही १२ असार । संघीय गणतान्त्रिक गठबन्धनले देशभर व्यापक जनसंवादमार्फत जनता समक्ष पुग्ने निर्णय गर्दै ‘संयुक्त जनजागरण अभियान’ घोषणा गरेको छ। अभियान अन्तर्गत गठबन्धनले सातै प्रदेशमा प्रदेशस्तरीय भेला, अन्तरक्रिया तथा संगठन विस्तार ग र्ने भएको छ । गठबन्धनल देशभित्रका सम्पूर्ण प्रगतिशील, अग्रगामी, सामाजिक न्यायप्रेमी, पहिचानवादी वर्गीय उत्पीडनविरुद्ध लड्ने शक्तिहरूलाई संघीय गणतान्त्रिक गठबन्धनमा आवद्ध हुन खुला आह्वान समेत गरेको छ ।

मोर्चाको संयोजक नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारीको अध्यक्षतामा सम्पन्न बैठकमा सहभागी नेताहरूले देशको वर्तमान अवस्था, संविधानको कार्यान्वयन, न्याय र सुशासनको अभाव, तथा बढ्दो भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । नेताहरूले ठोस शब्दमा भने, “नेपालको उत्पीडित जनता जसरी चाहन्थे, त्यस्तो संविधान बन्न सकेको छैन।

देशमा सुशासन छैन, न्याय छैन, र जनताले अधिकारको अनुभूति गर्न पाएका छैनन्।” बैठकले निष्कर्ष निकालेको छ कि देश अहिले पनि भ्रष्टाचार, सामाजिक अन्याय, वर्गीय विभेद, र पहिचानको अपमानबाट ग्रस्त छ। यस्तो अवस्थामा मुलुकलाई सही दिशामा लैजानका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भइसकेको गठबन्धनको ठहर रहेको छ । बैठकमा गठबन्धनमा आबद्ध बहुजन एकता पार्टीको अध्यक्ष हरिनन्दन अम्बेडकर, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टीको अध्यक्ष धुपलाल निशाद, ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्री ठाकुर, पूर्व गृह कानुन तथा सञ्चारमन्त्री प्रदेश सभा सदस्य माननीय बिमला अन्सारी लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

गठबन्धनले गरेको निर्णय तथा कार्यक्रमहरु ः
१. संयुक्त जनजागरण अभियान तथा संगठन विस्तार
गठबन्धनले आगामी ६ महिनाभित्र सातै प्रदेश र ७७ जिल्लामा संगठन विस्तार गर्ने निर्णय गरेको छ। यसका लागि संयोजन समितिको गठनसहित जिल्ला तथा प्रदेशस्तरीय कमिटीहरू गठन गरिनेछ ।
२. कार्यक्रम तालिका ः
मिति स्थान कार्यक्रम
असार २१ सर्लाही जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
असार २५ महोत्तरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
असार २९ रौतहट जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण ०१ बारा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण ०३ वीरगंज जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १० सिरहा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १२ सप्तरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १३ सुनसरी जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १५ मोरंग जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १७ झापा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण १९ विराटनगर कोसी प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन
श्रावण २६ धनुषा जिल्ला स्तरीय भेला तथा गठबन्धन कमिटी गठन
श्रावण २९ जनकपुर मधेस प्रदेशस्तरीय भेला तथा प्रदेश कमिटी गठन

गठबन्धनले देशमा कायम असमानता, उत्पीडन, र पहिचानविहीन राजनीतिक संरचनालाई अन्त्य गर्न निर्णायक आन्दोलनको आवश्यकता औंल्याएको छ। नेताहरूले भने, “हामी संविधानमा जनताको भावना अनुसार संशोधन, न्यायपूर्ण समाज निर्माण, सुशासनको प्रत्याभूति र स्थायी शान्तिको स्थापना, समृद्ध नेपालको निर्माण, शोषित र उत्पीडित जनताको राज्य सत्ताको स्थापना को आधार तयार गर्न दृढप्रतिज्ञ छौं।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट