सर्लाही टुडे समाचारदाता : सर्लाही १० असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन ( अनेरास्ववियु ) का केन्द्रीय सचिव समिम खान लाई नेकपा एमाले नगर कमिटी मलंगवाले सम्मानित गरेको छ । नगर कमिटीले खानलाई सर्लाहीको मलंगवा नगरपालिका वार्ड नं ६ खुटौनामा एक कार्यक्रम गरि हिजो सोमबार सम्मानित गरेको हो । हालै सम्पन्न अनेरास्ववियुको २४ औं राष्ट्रिय अधिवेशनबाट निर्वाचित खानलाई नगर कमिटिले सफल कार्यकालको शुभकामना सहित खानलाई सम्मानित गरेको हो ।

सम्मान कार्यक्रम सम्बोधन गर्दै पुर्व रक्षा मन्त्री एवं सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित संघिय सांसद हरि उप्रेतील देशको राज्य शक्तिमा पहुच पुर्याउन एउटा युवा शक्तिको उदय भएकोे बताए । अब स्थानीयलाई नेता खाज्न बाहिर जानु नपर्ने , आफनै गाउघरमा नेता उदयमान भएपछि सबैले खानलाई पुर्ण साथ र समर्थन दिनुपर्ने बताए । स्थानीय कै हौसलाका कारण खान आज गौरवशाली संगठन अनेरास्ववियु सचिव जस्तो गरिमामय पदम निर्वाचित भएको बताउदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग बनाई राख्न स्थानीयलाई आग्रह समेत गरे ।
नेकपा एमाले ले खान जस्ता वैचारिक ,शसक्त र मिहिनती युवालाई अवसर दिएर देश बिकासमा अहम भुमिला खेल्दै आएको मधेश प्रदेशका पुर्व उपाध्यक्ष नेता रेवती पन्त ले बताए । एउटा सच्चा कम्युनिष्ट योद्धा कहिले बिचलित हुदैन, पद पाए नपाए पनि देश र समाज राष्ट्रियता प्रति निष्ठावान रहदै आएको नेता पन्तको भनाई थियो ।

खानलाई बधाई दिदै राजनारायण साहले अब संगठन वस्तारमा लाग्न सुझाए । एमाले गणितीय हिसाबले १० सांसद कम भएपनि देशमा सबै भन्दा बढि मत पाउने पार्टी रहेको बताउदै आउने दिनमा जिल्लामा पनि पहिलो पार्टी बनाउन संगठन विस्तारमा विशेष ध्यान दिन निर्देशन समेत दिए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य बख्तियार अलिले सम्मान गर्ने आयोजक मलंगवा नगर कमिटीलाई धन्यवाद दिदै देशमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेका बताए । हजारौ शहिदहरूको बलिदानीले स्थापित गणतन्त्र कसैले भन्दैमा व्यवस्था परिवर्तन कदापि हुन सक्ने बताए । राजतन्त्र फर्काउने नाममा देशमा दोकान चलाउदै आएका गणतन्त्र विरोधीहरूलाई दिवा स्वप्न नदेख्न चेतावनी समेत दिए ।
मलंगवा नगर कमिटी अध्यक्ष गोबिन्द प्रसाद साहको अध्यक्षतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा नेकपा एमाले का पु्र्व मधेश प्रदेश उपाध्यक्ष रेवती पन्त,सर्लाही जिल्ला अध्यक्ष राजनारायण साह, प्रेस चौतारीका केन्द्रीय सदस्य बख्तियार अलि लगायत स्थानीय खुटौनाबासीको उल्लेखनीय सहभागिता देखा परेको थियो ।
