अनवर अहमद ।
सर्लाही, असार ७ । – हो,हामी क्षयरोग अन्त्य गर्छौ भन्ने नाराका साथ बसबरिया गाउँपालिकामा क्षयरोग (टीबी) विरुद्धको सशक्त अभियान थालिएको छ । सो अभियान अर्न्तगत गाउपालिकाले गाउ गाउ टोलटोल पुगेर क्षयरोग र रोग लाग्न सक्ने लक्षण देखिएका बिरामी खोज्न अभियान थालिएको हो । गाउँपालिकाको वडा नं. , ५ ,६ सहोडवा र धनगढामा एकीकृत रूपमा x-ray सहितको :microscopy क्याम्प सञ्चालन गरी क्षयरोगको पहिचान तथा उपचार सेवा प्रदान गरिएको हो ।
घरदैलो मै क्षयरोज जस्तो घातक रोगको जाच र उपचार उपलब्ध भएपछि स्थानीय हर्षित भएका छन । गाउका अधिकतम युवाहरु रोजगारीको लागि बाहिरै बस्ने भएपछि उपचार गराउन जादा दुख भोगनुपर्ने पिडा बाट हामी जोगिएको स्थानीयको भनाई छ । गाउ र टोलमै उपचार सुविधा भएपछि विशेष गरि बच्चा र बृद्धालाई सहज भएको स्थानीयको कथन छ । यहि टोल टोलमै पुगेर पालिकाले उपचार र चेकजाच अभियान चलाउदा बाहिर गएर उपचार गराउन लाग्ने खर्च र झण्झटबाट पनि आफुहरु मुक्त भएको स्थानीयले बताएका छन ।

गाउँपालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान थालिएको बसबरिया गाउपालिका स्वास्थ्य शाखा प्रमुख जयलाल सहनी बताउछन । कार्यक्रममा वडा स्तरमा क्षयरोगका शंकास्पद बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परेमा थप उपचार तथा निःशुल्क औषधि सेवा प्रदान गरिएको प्रमुख सहनीको भनाई छ ।

ठूलो संख्यामा स्थानीयवासीहरूको सहभागिता रहेको शिविरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरको सहयोगमा बिरामीहरूको छातीको एक्स–रे, थुक परीक्षण (microscopy) लगायतका सेवा सहज रूपमा उपलब्ध गराइएको थियो । यस अभियान मार्फत लुकेका क्षयरोगका बिरामीको पहिचान गरी उपचार सुरुआत गर्न सकिने अपेक्षा गरिएको छ।
डिजिटल एक्स रे सहितको शिविरमा १० जना क्षयरोगको बिरामी र २३ जना क्षयरोगको विशेष शंकास्पद व्यक्ति पता लागेको बताइएको छ ।
क्षयरोगको छिटो पहिचान, शीघ्र उपचार र समुदायको सक्रिय सहभागितामार्फत बसबरियालाई क्षयरोगमुक्त बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रम नियमित सञ्चालन गरिने बसबरिया गाउँपालिका सर्लाहीले जनाएको छ ।
