सर्लाही टुडे समाचारदाता : सर्लाही ४ जेठ । सर्लाहीको पर्सा गाउपालिकामा भएको घटनामा जिल्ला प्रहरी कार्यालय सर्लाहीले ४ जना माथि धर्म सम्बन्धी कसुर तथा अपमानजनक दुर्ब्यवहार सम्बन्धी मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाइएको हो । पर्सा गाउपालिका वडा नं ५ हनुमान बजार बस्ने राजेन्द्र साह सोनार,कमलेश साह सोनार,पप्पु कुमार यादव र राहुल कुमार महतो माथि मुद्दा दर्ता भई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी गराए ।
त्यस्तै सोही घटनामा तसलिम अंसारी र दिल मोहम्मद अन्सारी माथि पनि अभद्र व्यवहार मुद्दा दर्ता भई अनुसन्धान थालिएको डिएसपी राईले भने । दुबै मुद्दामा ३ गते देखि लागु हुने गरि ५ दिनको म्याद लिई हिरासत मै राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ीहजो ३ गते शनिवार बिहान १० बजेको समयमा पर्सा गाउपालिका ५ बस्ने तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर सोही ठाउ बस्ने राजेन्द्र सुनार सहितको समुहले कुटपिट गरेका थिए । गाउको पञ्चायतमा अन्सारीले झापड हानेको विषयलाई लिएर सोनारको समुहले अन्सारीलाई सुंगुरको खोरमा थुनेर कुटपिट गरेका थिए ।
