सर्लाही ०४ जेष्ठ । सर्लाहीको पर्सामा सामाजिक सदभाव बिथोल्ने प्रयास भएको छ । पर्सा गाँउपालिका वार्ड नं. ५ बस्ने तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट भएको छ । शनिवार बिहान १० बजेको समयमा तसलिम अंसारी र सलिम अंसारीलाई सुगुर बस्ने खोरमा थुनेर सोही ठाउ बस्ने केहि अपराधिक व्यतिmहरुले निर्धात कुटपिट गरेको हो ।
तशलिम अंसारीको छोरीको बिवाह वार्ड नं. ६ बस्ने लाल महम्मद अंसारीको छोरा संग जेष्ठ ८ गते हुने निश्चित भएको थियो । सोही विवाहको लागि गरगहना बनाउने सम्बन्धमा शनिवार बिहान स्थानीय सुनचादी पसले राजिन्द्र साह सोनारसंग वादविवाद र धक्कामुक्की भएको स्थानीय प्रत्यक्षदर्शी तथा पिडित अंसारीका छोरा कौशर अंसारीले बताएको छ । घटना भएको केहि बेरमै पसले राजिन्द्र साह सोनारले स्थानीय केहि अपराधिक र सामप्रदायिक मानसिकता भएका व्यतिmहरुलाई परिचालन गरि पिडित तसलिम अंसारी र उनका भाईलाई सुगुर बस्ने खोरमा थुनेर कुटपिट गरेको स्थानीयले बताए । अन्सारीलाई कुटपिट गरेका भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
कुनै पनि विवाद हुदा प्रहरीलाई खबर गर्नुपर्ने हो ।
यसरी कानुनलाई आफनो हाथमा लिएर कुनै व्यतिmलाई सुगुरको खोरमा थुनेर कुटपिट गर्नु कानुन विपरित कार्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक सरोज राईले बताए । कानुन उलंघन गर्ने कार्य कुनै पनि हालतमा स्विकार हुदैन । घटनाको बारेमा थप अनुसंन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दोषीहरु माथि कारवाही हुने प्रहरी नायब उपरिक्षक राईले भने । अंसारी माथि कुटपिट गर्ने ४ जना व्यतिmहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
जिल्लाको सुरक्षा व्यवस्था फित्लो भएको कारण यस्ता धार्मिक तथा सामाजिक द्धण्द फैलाउने व्यक्ति समुहको मनोबल उच्च भएको आम नागरिकको बुझाई छ । यस्ता मानशिकता बोकेका जो कोहीलाई कानुनी कठघरामा उभयाउनुको विकल्प नरहेको पुर्व गृहराज्य मन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष रिजवान अन्सारीले बताए । अन्सारीले भने,यस्तो घटना सर्लाहीको लागि नया र पहिलो होईन यस भन्दा अगाडि पनि यस्ता सामाजिक सौहार्द नै बिगार्ने बारम्बार प्रयास भएकै हो । यस अघिपनि सर्लाहीको रामनगरमा क्रिकेट खेलको सामान्य विवादलाई उग्र बनाई एक समुहको आक्रमणमा सोही गाउपालिका २ बस्ने मोहर मियाको ज्यान गएको थियोृ भने आधा दर्जन भन्दा बढि धाइते भएका अध्यक्ष अन्सारीले थपे । यस्ता धार्मिक र सामाजिक उन्माद फैलाउने जो कोहीलाई कडा कानुनी कारवाही नगरे आउने दिनमा यस्ता व्यक्ति र समुहको मनोबल बढदै जाने अध्यक्ष अन्सारीको थम्याई छ ।
