सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

सर्लाहीमा नेपाल कै पहिलो अटोमेटिक ट्रायल सेन्टर निर्माण गरिने : मुख्यमन्त्री सिंह

सर्लाही २९ बैशाख । सर्लाहीको मलंगवामा नेपाल कै पहिलो अटोमेटिक ट्रायल सेन्टर निर्मांण हुने मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बताए । सर्लाहीको मलंगवा २ स्थित राम कबिर मठले दान दिने भनिएको अढाई बिधा जग्गामा देश कै पहिलो अटोमेटिक ट्रायल सेन्टर निर्माण हुने मुख्यमन्त्री सिंहले घोषणा गरेका हुन । यातायात व्यवस्था कार्यालय सर्लाही मलंगवाको भवन शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अगामी आर्थिक वर्ष २०८२–०८३ मा निजी क्षेत्रको लगानी (पिपिपि) मार्फत उ्रक्त ट्रायल सेन्टर निर्माण हुने बताए । सेवा लाई थप स्तरिय तथा सहज बनाउन उदेश्यका साथ जिल्ला समन्वय समितिको भवनमा संचालित यातायात व्यवस्था कार्यालयले आफनै भवन बनाउन थालनी गरेको मुख्य मन्त्री सिंहको भनाई रहेको थियो । अन्तरराष्ट्रिय अभ्यासलाई हेर्दै निजी क्षेत्रको लगानी विना प्रदेश र देशले विकासको काम फडको हान्न नसक्ने कारण देखाउदै मुख्यमन्त्री सिंहले अबको विकास कार्यमा निजी क्षेत्रको लगानी अपरिहार्य रहेको उनले तर्क गरे ।

त्यस्तै शिलान्यास कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले करिब १ वर्ष देखि जिससको भवनमा संचालनमा रहेको यातायात व्यवस्था कार्यालय मलंगवाका स्थाई रुपमै आफनो भवन पाउने भएपछि सेवा सुविधामा थप सहजता आउने उनको विश्वास थियो । यातायात व्यवस्था कार्यालय सर्लाही मलंगवाका प्रमुख शशि प्रसाद यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका सचिव युवराज अधिकारी,जिल्ला समन्वय समिति सर्लाहीका कौशल किशोर सिंह,कविलासी नगरपालिका प्रमुख ब्रहम्देव राय,विष्णु गाउपालिकाका अध्यक्ष जवाहरलाल राय,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र बहादुर खडका,एपीएफ १० नं गणका प्रमुख एसपी देव बहादुर चन्द,जिल्ला ट्राफिक कार्यालय नवलपुर सर्लाहीका प्रमुख रजोश घिमिरे लगायत स्थानीयको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट