सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

नाढी ताल र पोखरीको ठेक्का रकम बुझाउन ठेकेकदारको आनाकानी

३ करोड ४१ लाख बढि राज्श्व गुम्ने जोखिम

सर्लाही टुडे समाचारदाता : सर्लाही २० चैत्र । सर्लाहीको चन्द्रनगर गाउपालिकाको मातहतमा रहेका नाढी ताल र पोखरीको ठेक्का सम्झौता रकम बुझाउन ठेकेदारहरुले आनाकानी गरिरहेका छन । ठेक्का दिएका ताल र पोखरीहरुको म्याद सकिएपनि ठेक्कामा सम्झौता भएको रकम ठेकेदारहरुले अझै बुझाउन मानेका छैन ।

गाउपालिका मातहतमा रहेको नाढी ताल सहित ११ वटा पोखरीको ठेक्का सकार गरेका ठेकेदारहरुले सम्झौता गरेका रकम बुझाउन नमानेको चन्द्रनगर गाउपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी गराए । नाढी ताल र ११ वटा पोखरीका ठेकेदारहरुले सम्झौता अनुसारको ३ करोर ४१ लाख १४ हजार ६ सय १५ रुपैया रकम बाकी राखेको अध्यक्ष महतोले बताए । जस मध्ये नाढी तालका ठेकेदार चन्द्रनगर गाउपालिका ६ बस्ने दुलार मुखियाले मात्र करिब १ करोर ८९ लाख तिर्नुपर्ने बाकी रहेको उनले बताए ।

अध्यक्ष महतोले भने यस अघिका गाउपालिका अध्यक्ष महेन्द्र महतो कै पालामा लगाईएको पोखरी ठेक्काको रकम ठेकेदारहरुले अझै बुझाउन मानेका छैनन,ठेक्का लगाइएका ताल र पोखरीहरु सबैको म्याद सकेको छ ,बारम्बार मौखिक र चिठी मार्फत समेत ताकेदा गर्दा ठेकेदारहरुले सुनेका छैनन्,। पटक पटक ताकेता गर्दा समेत पैसा नबुझाउने ठेकदारदयले गाउपालिकाले राजश्वको पैसा नउठाएको भन्दै उल्टै गाउपालिका र आफुलाई विपक्षि बनाएर अख्तियार दूरुपयोग अनुसन्धानमा उजुरी समेत गरेका उनले दुखेसो पोखे ।

बाकी रहेको पोखरी ठेक्काको ३ करोर ४१ लाख मध्ये करिब २ करोर २७ लाख गाउपालिकाको आन्तिरिक आम्दानीमा र करिब १ करोर १४ लाख रुपैया नेपाल सरकारको राजश्वमा बुझाउनु पर्ने चन्दनगर गाउपालिकाले जनाएको छ । ठेकेदारहरुबाट पाउनु पर्ने पोखरी ठेक्काको बाकी रकम असुल उपर गरिदिन आफुले जिल्ला प्रशासन कार्यालयलाई समेत गुहारिसकेको गाउपालिका अध्यक्ष महतोले बताए । त्याहाबाट पनि पहल नभएको खण्डमा गाउपालिकाले सम्झौतामा उल्लेख भएका सर्त अनुसार कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको अध्यक्ष महतोले सर्लाही टुडेलाई बताए ।

उता नाढी तालको ठेक्का लिएका दुलार मुखियासंग पोखरी ठेक्कामा सम्झौता भए अनुसारको रकम किन बुझाउनु भएन भन्ने प्रश्न गर्दा आफुले करिब ६ करोर २० लाख रुपैयामा नाढी तालको ठेक्का सकार गरेको बताउदै ठेक्का लिएकै वर्षमा बाढीले एक करोड रुपैया बढिको माछा बगाएको,त्यसपछि लकडाउनमा प्रहरी प्रशासनले माछा बेच्न नदिएको र लाखौ रुपैयाको माछामा घाउ लागेर आफुहरु बर्बाद भएका कारण गाउपालिकालाई सम्झौता अनुसारको बाकी रकम तिर्न नसकेको उनले बताए । रिनको भरमा ठेक्का सकार गरेका आफुहरुलाई सहन नसकने गरि घाटा लागेको उनले थपे । घाटा लागेका कारण १ किस्ताको करिब रु ६२ लाख छुट गरिदिन निवेदन दिएपनि गाउपालिकाले २० लाख रुपैया मात्र छुट दिएको ठेकेदार मुखियाले बताए । मुखियाका अनुसार आफुले बुझाएको धरौटी रकम कट्टा गरेर करिब ७५ लाख रुपैया मात्र बुझाउन बाकी रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट