सर्लाही 30 माघ । सर्लाहीको मलंगवा नगरपालिका वडा नं ७ मुसैलीको वडकी पोखरीमा संचालित योजना ठेकेदारले अलपत्र छोडेर बेपत्ता भएको हो । मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत मलंगवा ७ मुसैलीको बडकी पोखरी सौन्दर्यकरण गर्न लगाइएको ठेक्कामा ठेकेदार कम्पनीले काम सम्पन्न नै नगरि बेपत्ता भएको हो । मुसैलीको श्री बौधी देवी जनता मा.वि को अधिनमा रहेको पोखरी सौन्दर्यकरण गर्न प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले करिब ६ करोर १२ लाख ९३ हजार मा एम.आर. आर जे. कमल जेभि जनकपुरलाई ठेक्का दिएको थियो । ठेकेदार काम अल्पत्र छोरेर भाग्दा पोखरी जलकुम्भीले ढाकेर अहिले कुरुप बनेको छ ।
पाच वर्षको लागि एक करोर १७ लाख मा विधालयले ठेक्का लगाएको पोखरी सौन्दर्यकरणको नाममा पोखरीलाई बर्बाद गरि ठेकेदार बेपता भएको स्थानीय बिन्देश्वर महतोले बताए । ठेकेदारको लापरवाही र हेलचक्राईका कारण विधालयलाई विगत ४ वर्ष देखि महिनाको झण्डै २ लाख भन्दा बढि रुपैया को घाटा हुदै आएको उनकोे भनाई छ । जिल्लाकै एउटा उत्कृष्ट गंगा सागर जस्तो पोखरीलाई सौन्दर्यकरणको नाममा कामको न काजको बनाइएको दुख उनले पोखे ।
यहि पोखरी विधालयको मुख्य आम्दानीको श्रोत रहेकोले विधालयमा विकासको काम पनि हुने नसकेको स्थानीय राजेश कुमार महतोको भनाई छ । पोखरी दुगनर््िधत हुदा छेउमै रहेको शिव मन्दिर जल चढाउन समेत गाह्रो भईरहेको छ । गाई वस्तुलाई पानी खुवाउन र नुहाउन समेत समस्या भइरहेको उनको कथन छ । यति मात्र नभई पोखरी अल्पत्र पार्दा स्थानीयलाई विगत चार वर्ष छठ पर्व समेत मनाउन कठिनाई भईरहेको उनिहरुको गुनासो छ ।
बारम्बार ठेकेदारलाई ताकेता गर्दा आफुहरुलाई नटेर्ने गरेको मलंगवा ७ मुसैलीका वडा अध्यक्ष इशा मिकरानी बताउनुहन्छ । ३ वर्ष देखि ठेकेदारले आजभोली गरि आलटाल मात्र गर्ने गरेको अध्यक्ष मिकरानीको भनाई छ । आउने चैत सम्म ठेकेदार काम गर्न नआए सौन्दर्यकरण कार्यक्रमलाई थाती राखि आफैले पोखरी सफा गराई माछापालनको लागि ठेक्का प्रक्रिया अगाडि बढाउने उनले भने ।
करिब १० विधामा रहेको उक्त पोखरी सौन्दर्यकरण गर्न २२ सेप्टेम्बर २०२० मा ठेक्का दिइएको थियो । १५ महिना भित्र २१ डीसेम्बर २०२१ सम्ममा निर्माण कार्य सम्पन्न गर्नु पर्ने ठेकेदार कम्पनीले अझै सम्पन्न गर्न सकेको छैन । विगत करिब एक वर्ष देखि निर्माण कार्य समेत ठप्प हुदा ठेकेदार कम्पनीले कहिले सम्म पोेखरी सौन्दर्य गर्ने भनि छाटकाट देखिदैन । पुर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफै शिलान्यास गरेको योजना समेत समयमा समपन्न नभएको भन्दै स्थानीयले दुख व्यक्त गरिरहेका छन ।
यस अधि विधालयले करिब १ करोर १७ लाखमा माछापालन का निम्ती ५ वर्षका लागि पोखरी ठेक्का लगाएको थियो । करिब २ लाख महिनाको आम्दानी उठाउने विधालयलाई समेत पोखरी कहिले कुन जमानामा सौन्दर्यकरण हुने हो भन्ने पीर परेको छ । यसरी नै ठेकेदारको हेल्चक्राईका कारण पोखरीबाट आउने आम्दानी गुम्दा विधालय व्यवस्थापनमा समेत गम्भीर असर परिरहेको स्थानीयको तर्क छ ।
यस अघि योजनामा भएको भ्रष्टाचार तथा अनियमितताको छानविन गर्न स्थानीयले अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यायल बर्दिवासमा समेत गरेका थिए ।
