सर्लाही ३० माघ । सर्लाहीमा सर्व साधारणलाई राष्ट्रिय परिचय पत्र बनाउन सकस बेर्होनु परिरहेको छ । अत्याधिक भिडका कारण मात्र १० देखि १५ मिनटको कामको लागि जिल्लाका दुरदराजबाट आएका सेवाग्राहीहरुलाई ३ देखि ५ दिन सम्मको टोकन मात्र दिएर फर्काउने गरिएको हो । बैकहरुमा नया खाता खोल्न र केवाईसी फर्म भर्न समेत राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको हुदा जिल्ला प्रशासन कार्यालय सर्लाही परिचय पत्र बनाउन आउने भिड बढेको हो ।
१० मिनटमा हुने कामको लागि जिप्रका सर्लाही टोकन प्रणाली लगाई सेवा ग्राहीलाई अनावश्यक दुख दिने गरेको कौडेना गाउपालिका लक्ष्मीपुर सुखचैना की सेवाग्राही मन्जु देवी राउतले बताईन । राउतले भनिन् घरमा बालबच्चालाई छोडेर आएकी हु ,फेरि आउदा बच्चा छोडेरै आउनु पर्छ फेरि,भाडा किराया तिरेर आउनु पर्छ,अनावश्यक खर्च लाग्छ भन्दै पिडा पोखिन ,। त्यस्तै अर्का सेवा ग्राही बिनोद रायले भने एक त नागरिकता बनाउन ३ दिन दौडे अब फेरि यो राष्ट्रिय परिचय पत्र बनाउन कति दौडिने हो भन्दै आवत जावतमा कति खर्चिने हो भन्दै दुखेसो पोखे ।
विगतमा वडा र नगरपालिका स्तरमै राष्ट्रिय परिचय पत्र बनाउने काम थालिएको थियो । तर त्याहा अफलाईन काम मात्र भएको कारण उक्त डाटालाई अनलाई गर्दा कतिपय डाटा क्रेस भएको र भएको डाटामा पनि राष्ट्रिय परिचय पत्रको नम्बर इंगित गर्न पुन जिप्रका मै धाउनु पर्ने सेवाग्राहीहरुको बाध्यता रहेको छ ।
उता जिल्ला प्रशासन कार्यालय सर्लाही सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले पछिल्लो समय बैंकले पनि खाता खोल्न राष्ट्रिय परिचय पत्रको नम्बर माग्न थाले पछि भिड बढेको बताए । अशक्त र अपाङ्ग सेवाग्राहीलाई आज को आजै सेवा प्रवाह भईरहेको छ भने सर्वसाधारणलाई भिड का कारण एकदुई दिनको समय दिने गरिएको थापाले बताए ।
अत्याधिक भिड र त्यस माथि जिप्रका राष्ट्रिय परिचयपत्र शाखामा सिमित जनशक्ति भएका कारण पनि सेवाग्राहीलाई समस्या खेप्नु परेको हो ।
