बिहिबार, असार १८, २०८३
Thu, July 2, 2026

श्रमजीवी पत्रकार संघ सर्लाहीको अध्यक्षमा अनवर अहमद

सर्लाही टुडे समाचारदाता ः
सर्लाही १४ माघ । श्रमजीवी पत्रकार संघ, नेपाल सर्लाहीमा ११ सदस्य कार्यसमिति गठन गरिएको छ । सर्लाही टुडे दैनिक तथा न्युज २४ टि.भि. कर्मी अनवर अहमदको अध्यक्षयतामा श्रमजीवी पत्रकार संघ नेपाल सर्लाही शाखाको ११ सदस्य नयाँ कार्यसमिति गठन भएको हो । शनिबार श्रमजीवी(पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीकोको प्रमुख आतिथ्यतामा भएको भेलाले नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

कार्यसमितिका अध्यक्षमा अनवर अहमद, उपाध्यक्षमा मनोज यादव, महिला उपाध्यक्षमा अजिता चौधरी, सचिवमा सुमित महत्तो, सहसचिवमा राजिव शाह र कोषाध्यक्षमा लक्ष्मण यादव चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अरोज यादव, राधेश्याम कुसवा, सुभाष मण्डल, अवरार अहमद र विवेक यादव चयन भएका हुन ।

प्रमुख अतिथि श्रमजीवी पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष जन्मदेव जैसीले कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने बताएका छन् । सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनका लागि निर्णायक आन्दोलन गरिने बताएका छन् । सो कार्यका लागि केन्द्र, प्रदेश र जिल्ला सबै शाखाका नेतृत्वले आ आफ्ना स्थानबाट दबाब अभियानको नेतृत्व गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट