सर्लाही टुडे समाचारदाता ःसर्लाही २७ पुष । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा नं १० स्थित जानकी पार्टी प्यालेसमा साधारणसभा सम्पन्न गरिएको हो ।
३७ जना सेयर सदस्यबाट सुरु गरिएको संस्थाको शेयरपुँजी हाल ८५ लाख ८४ हजार रुपैयाँ रहेको संस्थाका अध्यक्ष देवेन्द्र रायले बताउदै प्रतिवेदन पेश गरेका छन । संस्थाले आ.व २०८०।०८१ मा ४० लाख ८ सय ५६ रुपैया २६ पैसा नाफा गरेको अध्यक्ष रायदृारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष रायको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सांसद जंगिलाल रायको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका मुख्य प्रबन्धक एवं कार्यक्रम संयोजक सतिश चन्द्र बर्माले स्वागत मन्तव्य राखेको कार्यक्रममा विशिष्ट अतिथि कबिलासी नगरपालिका नगरप्रमुख ब्रम्हदेव राय,नेता रामबली राय,होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका जिल्ला अध्यक्ष राजेश शर्मा ,संस्थाकी लेखा संयोजक रम्भादेवी झा,संस्थाका संस्थापक पुर्व मुख्य प्रबन्धक दिनेश यादव, दिलिप कुमार झा,संचालक समितिका सदस्यहरु ,कर्मचारीहरु,बचतकर्ता, ऋणी तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
सोही कार्यक्रमका बिच संस्थाले मुख्य प्रबन्धक बर्मा सहित आफ्ना असल श्रृणी,असल बचतकर्ता,उत्कृष्ट बजार प्रतिनिधीहरुलाई कदरपत्र र पुरस्कार प्रदान गरेर सम्मानित गरेका थिए । कार्यक्रमको संचालन राम लखन महतोले गरेका थिए।
