टुकु माया खड्का ः सर्लाही १७ पुष । राजश्री लोन सेविँग्स कोअपरेटिभ सोसाईटी लिमिटेड मलंगवाले आफनो २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । मलंगवा स्थित सुजाता पार्टी प्यालेसमा भएको सभामा संस्थाका अध्यक्ष नागेन्द्र यादवले संचालक समितिको तर्फबाट आ.व. २०८०÷०८१ को वाार्षिक प्रतिवेदन पेश गर्दै संस्थाको खुद नाफा १ करोर १ लाख ३० हजार ६ सय ३१ रुपैया रहेको जानकारी गराएका छन । त्यस्तै कुल शेयर पुजी ८१ करोड ४९ लाख ९० ह्जार ३ सय ७० र निक्षेप १९ अर्ब ३६ करोर ७० लाख ३८ हजार १ सय ५८ तथा ऋण लगानी १४ अर्ब ३२ करोर ६१ लाख ६७ हजार ३ सय ११ रहेको जानकारी गराए ।
उनले कार्यालय प्रयोजनका लागि सेवाकेन्द्र इनर्वा (सुनसरी),मिर्चैया(सिरहा) र बिरगंज (पर्सा)मा खदि गरिएको जग्गामा भवन निर्माण सम्पन्न गरि सोही भवनबाट कार्यालय संचालन सुरु गरिएको तथा हाल सम्म संस्थाले प्रधान कार्यालय मलंगवा लगायत ६ वटा सेवा केन्द्र को कार्यालय संचालन आफनै भवन बाट गर्दै आएको जानकारी समेत गराए । यसै गरि सेवा केन्द्र गौ ((रौतहट)र इटहरी(सुनसरी)मा जग्गा खरिद भईसकेको र बाकी रहेको सेवा केन्द्रहरुमा पनि जग्गा खरिद गरि भवन निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष यादवले सुनाए ।
सभामा मधेश प्रदेशका पुर्व अर्थ मन्त्री एवं सांसद संजय यादव,मलंगवा नगरपालिकाक वडा नं ९ का अध्यक्ष चन्देश्वर राय, लगायत संस्थाका संचालक समिति सदस्यदय,ऋणी,शेयरधनि,संचारकर्मी लगायतको बाक्लो उपस्थिती देखा परेको थियो ।
