सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

मुस्लिम मुक्ति मोर्चाको सर्लाही अध्यक्षमा इम्तीयाज मिकरानी

सर्लाही टुडे समाचारदाता :सर्लाही १३ पुष । मुस्लिम मुक्ति मोर्चाको सर्लाही अध्यक्षमा इम्तीयाज मिकरानी चयन भएका छन । मलंगवा १० स्थित नारायण धर्मशालामा भएको मुस्लिम मुक्ति मोर्चाको सर्लाही भेलाले मिकरानीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा मिकरानी सहित उपाध्यक्षमा शेष जुबेर,आलम अंसारी तथा सचिवमा शेख इस्तिखार गरि ५१ सदस्य समिति गठन गरिएको मुस्लिम मुक्ति मोर्चाका केन्द्रिय प्रतिनिधि नविराज खानले जानकारी गराए ।

याकुब साह फकिरको अध्यक्षतामा भएको भेलामा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा मधेश प्रदेशका इन्चाजर्न लिलामणि पोखरेल,केन्द्रिय सदस्य रामेश्वर राय यादव,प्रल्हाद बुढाथोकी,मलंगवा नगरपालिका इन्चार्ज लक्ष्मी नारायण चौधरी लगायत सैकरौ नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट