सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

द सहाराको २८ औ बार्षिक साधारण सभा सम्पन्न

संस्थाको खुद नाफा १० करोर ५४ लाख बढि

सर्लाही टुडे समाचारदाता : सर्लाही १३ पुष । द सहारा लोन सेविँग्स कोअपरेटिभ सोसाईटी लिमिटेड मलंगवाले आफनो २८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा भएको सभामा संस्थाका अध्यक्ष नागेन्द्र यादवले संचालक समितिको तर्फबाट आ.व. २०८०/०८१ को वाार्षिक प्रतिवेदन पेश गर्दै संस्थाको खुद नाफा १० करोर ५४ लाख ३१ ह्जार ७ सय ३८ रुपैया ७७ पैसा रहेको जानकारी गराएका छन । त्यस्तै २०८१ साल कार्तिक महिना सम्मको शेयर पुजी ४० करोड २१ लाख ३१ ह्जार र निक्षेप ४ अर्ब ६४ करोर २२ लाख १९ हजार तथा ऋण लगानी ४ अर्ब ६१ करोर २८ लाख ३७ हजार रहेको जानकारी गराए । उनले आ.व. २०८०/०८१ मा स्विकृत कार्यक्रम अनुसार टेण्डर निष्कासन गरि सेवा केन्द्र विरगन्जको कार्यालय भवन निर्माण भईरहेको तथा सेवा केन्द्र लहानको भवन निर्माणका लागि प्रक्रियामा रहेको समेत जानकारी गराए ।

अध्यक्ष यादवले संस्थाको अगामी आ.व. ०८२/०८३ को अनुमानित कार्यक्रम तथा बजेट ६ अर्ब ३० करोड ७७ लाख ५० हजारको कारोबार संचालन गरि सो मध्ये नाफा रु ३४ करोड ५५ लाख मध्ये आयकर व्यवस्था रु ३ करोड ४५ लाख ५८ हजार कट्टा गरि खुद नाफा रु ३१ करोड १० लाख २३ हजार आर्जन गर्न अनुमानित लक्ष्य राखिएको समेत जानकारी गराए ।

संस्थाको २८ औं सभामा मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी,वडा नं ९ का अध्यक्ष चन्देश्वर राय लगायत संस्थाका संचालक समिति सदस्यदय,ऋणी,शेयरधनि,संचारकर्मी लगायतको बाक्लो उपस्थिती देखा परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट