बिहिबार, असार १८, २०८३
Thu, July 2, 2026

सर्लाहीको गोडैताबाट सेतो हिरोईन सहित २ जना पक्राउ

सर्लाही १३ पुष – सर्लाहीमा अबैध लागु औषध सेतो हिरोईन सहित २ जना पक्राउ परेका छन्. जिल्लाको गोडैता नगरपालिका–१२ मधुवनी गाउँबाट अबैध लागु औषध सेतो हिरोईन जस्तो देखिने बस्तुसहित दुई जनालाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रदेश–०३–००५ प ५२६२ नम्वरको मोटरसाईकलमा सवार भई भारतको मेजरगन्जबाट मधुवनीतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उक्त सेतो हिरोईन जस्तो दिखिने बस्तु भेटिएपछि पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन। प्रहरीले उनीहरुको साथबाट सेतो हिरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम ५१० मिलीग्राम, मोटरसाईकल, ३३ हजार ३२० रुपियाँ नगद र दुई थान मोवाइल बरामद गरेको छ। पक्राउ परेका दुवै जना विरुद्व सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । (धडकनएफएमबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट