सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

कविलासी नगरपालिका मेयर ब्रहम्देव रायले जनता झुक्याउन काम गरे : पूर्वमेयर कौशल किशोर यादव

टुकु माया खड्का : सर्लाही । मंगलबारका कविलासी नगरपालिकाले गरेको पत्रकार सम्मेलन जनता झुक्याउनको लागि मात्र भएको सोही नगरपालिकाका पूर्वमेयर कौशल किशोर यादवले शुक्रबार पत्रकार सम्मेलन मार्फत बताएका छन । मलंगवास्थित जानकी पार्टी प्यालेसमा पत्रकार सम्मेलनमा पूर्वमेयर यादवले आफ्नो कार्यकालमा भएका विकास निर्माणका विभिन्न कार्यहरूलाई समेत वर्तमान मेयर ब्रह्मदेव रायले आफूले नै गरेको भनेर जनतालाई भ्रममा पार्ने प्रयास गर्नु सरासर गलत भएको बताए ।

संघ र प्रदेश सरकारको योजनालाई पनि वर्तमान मेयरले पालिकाको योजना भएको बताउँदै जनतालाई झुक्याउने काम गरेको पूर्वमेयर यादवले आरोप लगाए । पूर्वमेयर यादव भन्छन्, ‘२०७४ को स्थानीय निर्वाचनमा राजपा पार्टीबाट आफू निर्वाचित भएपश्चात् पालिका र जनताको हितमा निरन्तर लागिपरेका थिए । जसको फलस्वरूप पालिका हरेक हिसाबले एउटा उचाइमा पुगेको थियो ।’ तर वर्तमान मेयरका कारणले पालिकाको साख गिरेको उनले बताए ।

दुई तिहाई बहुमतको भएको यस स्थानीय सरकारको काम कारबाही नै योजनाबद्ध रुपमा नदेखिएको पूर्वमेयर यादव बताउँछन् । निर्माण सम्पन्न भइसकेका प्राविधिक विद्यालय, बर्थिङ सेन्टर, पशु सेवा केन्द्रलगायतका भवनहरु प्रयोगबिहिन अवस्थामा रहेको भन्दै उनले तत्काल सञ्चालन गरी प्रयोगमा ल्याउन सुझाए । निर्माणाधीन रहेको रनियाको १५ सयाको अस्पताल र नगरपालिकाको प्रशासनिक भवनमासमेत कुनै कार्य प्रगति नभएको पूर्व मेयर यादवले बताए।

२०७९ को स्थानीय निर्वाचनमा जसपा नेपाल पार्टीबाट कविलासी नगरपालिका– ६ का वडाध्यक्ष पदमा उम्मेदवारी दिएका राम गोविन्द यादवका अनुसार वर्तमान मेयरको अहिलेसम्मको कार्यकाल असफल रहेको छ । आ. व. २०८०–०८१ मा विभिन्न शिर्षकको करोडौँ रुपैयाँ फ्रीज भएको उनले बताए । वडास्तरमा आफ्नो सक्रियतामा विभिन्न विकास निर्माणका कामहरु सम्पन्न भएको उनले जानकारी गराए । ‘कविलासी नगरपालिकाको काम कारवाहीमा भईरहेको बेथितिका’ विषयमा जानकारी तथा खबरदारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट