टुकु माया खड्का : सर्लाही १२ पुष । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रादेशिक अस्पतालमा छिटै डायलायसिस सेवा प्रारम्भ हुने बताएका छन । जनशक्ति अभावका कारण मेसिन हुदा समेत सेवा सुचारु ह्ुन नसकको डायलायसिस सेवा छिटै प्रारम्भ हुने मुख्यमन्त्री सिंहले प्रादेशिक अस्पताल मलंगवाको आकस्मिक भवन उदघाटन समारोहमा बोल्दै जानकारी गराएका हुन ।

१३६ पालिका र १२ सय ७१ वडा र करिब ६३ लाख जनता भएको प्रदेशमा बजेट अभावको कारण प्रदेश सरकारले सोचे जस्तो काम गर्न नसकेको मुख्यमन्त्री सिंहको भनाई थियो । देशको कुलसंख्याको करिब ४० देखि ५० प्रतिसत करबुझाउने मधेशी जनतालाई केन्द्र सरकारले समेत बारम्बार ठग्दै आएको मुख्यमन्त्री सिंहले बताए । देश कै सात वटा प्रदेश मध्ये सबै भन्दा बढि करबुझाउने मधेश प्रदेशलाई बजेट छुटयाउने बेला संघ सरकारले हेला गर्दै आएको मुख्यमन्त्री सिंहको कथन थियो । न्युन बजेटका बावजुद प्रादेशिक अस्पताल मलंगवामा कमि रहेका चिकित्सक दरबन्दी देखि उपकरण र आवश्यक भवनको निर्माण कार्य समेत प्रदेश सरकारको प्राथ्मीकतामा रहेको उनको भनाई थियो ।

प्रादेशिक अस्पताल मलंगवाले आयोजना गरेको अकास्मिक भवन उदघाटन समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो बतााएका हुन । करिब २ करोर ५३ लाखको लगानीमा बनेको अस्पतालको अकास्मिक भवनको उदघाटन मुख्यमन्त्री सिंह र स्वास्थय मन्त्री सत्रुधन प्रसाद सिहले संयुक्त रुपमा गरेका थिए ।

प्रादेशिक अस्पताल मलंगवाका संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष सतिस साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा विभिन्न पार्टीका पार्टी प्रतिनिधी,सुरक्षा निकायका प्रमुख,विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कार्यालय प्रमुख,स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सकदय,स्वास्थ्यकर्मी,समाजसेवी,संचारकर्मी लगायतको बाक्लो उपस्थिती देखा परेको थियो ।
अकास्मिक भवन उदघाटन भएपछि अब आउने दिनमा जिल्ला भरिबाट आउने बिरामीलाई सेवा दिन हदै सम्म सहज हुने प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेण्डेण्ट संजिव कुमार सिंहले बताए ।
