सर्लाही १८ मंसिर । सर्लाहीको बलरा नगरपालिका वडा नं ८ स्थित गडहिया डुमरियामा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला शुरु भएको छ । गडहिया डुमरिया स्थित श्री जनता नमुना माध्यमिक विधालयमा उक्त प्रदर्शनी मेला शुरु भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय,सिंह दरबार,काठमाडौं र बलरा नगरपालिकाको संयुक्त आयोजनामा विधार्थीहरुको रचनात्मक,वैज्ञानिक सोच र नवीनतम आविष्कारहरुको विस्तार र विकास गर्ने मुख्य उद्देश्यका साथ विज्ञान प्रदर्शनी मेलाको थालनी गरिएको हो ।


सर्लाहीको इतिहासमा झण्डै २३ वर्ष पछि लागेको यस्तो विज्ञान प्रदर्शनी मेलामा जिल्ला भरिका १४ स्थानीय तहका ३७ वटा विधालय मध्ये २८ वटा सामुदायिक र ९ वटा संस्थागत विधालयले भाग लिएका छन । विधार्थीहरुमा विज्ञान प्रतिको रुची अभिबृद्धि गर्ने र प्रतिभाशाली विधार्थीहरुको पहिचान गर्ने उद्देश्यले विज्ञान तथा प्रविधि सम्बन्धी विधार्थीहरुदृारा निर्माण गरिएको परियोजनाहरु मेलामा प्रदर्शन गरिएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विधा भटट्राईबाट उदघाटन भएको प्रदर्शनी मेलामा माध्यमीक तहको प्रथम पुरस्कार रु ३० हजार,दितियलाई २५ हजार,तृतियलाई २० हजार र सान्तवना पुरस्कार वापत दुई विधालयलाई रु १० हजार र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यस्तै आधारभुत तहको प्रथम पुरस्कार रु १५ हजार,दितियलाई १० हजार,तृतियलाई ७ हजार र सान्तवना पुरस्कार वापत दुई विधालयलाई रु ४ हजार र प्रमाण पत्र वितरण गरिने बताइएको छ ।
विज्ञान प्रर्दशनी मेलाको उदघाटनमा जिल्लाका विभिन्न विधालयले मार्चपास,र मधेश प्रदेशको संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरेका थिए । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सर्लाही र जनता नमुना मावि गडहियाको समन्यवयमा शुरु भएको विज्ञान प्रदर्शनी मेलामा मधेश प्रदेशकी शिक्षा तथा सांस्कृति मन्त्री रानी कुमारी तिवारी,राष्ट्रिय आविस्कार केन्द्र का संस्थापक महाविर पुन, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय लगायत मन्त्री,स्थानीय तह प्रमुह,जिल्ला स्थित शैक्षिक संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
प्रदर्शनी मेलामा प्रदर्शनीका लागि १ सय भन्दा परियोजना रहेको छ भने प्रतियोगिताको लागि ७४ वटा परियोजना रहेको जनाइएको छ । परियोजना कार्यमा कक्षा ६ देखि १२ सम्ममा अध्ययनरत विधार्थीहरुको सहभागिता रहेको जानकारी गराउदै आधारभुत तह र माध्यमीक तहका विधालयको अलग अलग प्रतियोगिता हुने जिल्ला शिक्षा विकास समन्वय इकाई सर्लाहीको सभाहलमा भएको पत्रकार सम्मेलनवमा बताईएको छ ।
