सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

सर्लाहीको बलरा नगरपालिकामा मंगलवार जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला

सर्लाही १६ मंसिर । सर्लाहीको बलरा नगरपालिका वडा नं ८ स्थित गडहिया डुमरियामा जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला लाग्ने भएको हो । यहि मंसिर १८ र १९ गते गडहिया डुमरिया स्थित श्री जनता नमुना माध्यमिक विधालयमा उक्त प्रदर्शनी मेला लाग्ने भएको हो । युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय,सिंह दरबार,काठमाडौं र बलरा नगरपालिकाको संयुक्त आयोजनामा विधार्थीहरुको रचनात्मक,वैज्ञानिक सोच र नवीनतम आविष्कारहरुको विस्तार र विकास गर्ने मुख्य उद्देश्यका साथ विज्ञान प्रदर्शनी मेलाको थालनी गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

सर्लाहीको इतिहासमा झण्डै २३ वर्ष पछि हुन लागेको यस्तो विज्ञान प्रदर्शनी मेलामा जिल्ला भरिका १४ स्थानीय तहका ३७ वटा विधालय मध्ये २८ वटा सामुदायिक र ९ वटा संस्थागत विधालयले भाग लिएको युनेस्को का सहायक महासचिव रामेश्वर प्रसाद यादवले बताए । विधार्थीहरुमा विज्ञान प्रतिको रुची अभिबृद्धि गर्ने र प्रतिभाशाली विधार्थीहरुको पहिचान गर्ने उद्देश्यले विज्ञान तथा प्रविधि सम्बन्धी विधार्थीहरुदृारा निर्माण गरिएको परियोजनाहरु मेलामा प्रदर्शन गरिने बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले जानकारी दिए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विधा भटट्राईबाट उदघाटन हुने प्रदर्शनी मेलामा माध्यमीक तहको प्रथम पुरस्कार रु ३० हजार,दितियलाई २५ हजार,तृतियलाई २० हजार र सान्तवना पुरस्कार वापत दुई विधालयलाई रु १० हजार र प्रमाण पत्र वितरण गरिने मेयर कुशवाहाले बताए । त्यस्तै आधारभुत तहको प्रथम पुरस्कार रु १५ हजार,दितियलाई १० हजार,तृतियलाई ७ हजार र सान्तवना पुरस्कार वापत दुई विधालयलाई रु ४ हजार र प्रमाण पत्र वितरण गरिने बताइएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सर्लाही र जनता नमुना मावि गडहियाको समन्यवयमा हुन लागेको विज्ञान प्रदर्शनी मेलामा मधेश प्रदेशकी शिक्षा तथा सांस्कृति मन्त्री रानी कुमारी तिवारी,राष्ट्रिय आविस्कार केन्द्र का संस्थापक महाविर पुन,लगायत मन्त्री,स्थानीय तह प्रमुह,जिल्ला स्थित शैक्षिक संस्थाका प्रमुख लगायतको उपस्थिती रहने आयोजकले जनाएको छ । प्रदर्शनी मेलामा प्रदर्शनीका लागि १ सय भन्दा परियोजना रहेको छ भने प्रतियोगिताको लागि ७४ वटा परियोजना रहेको जनाइएको छ ।

परियोजना कार्यमा कक्षा ६ देखि १२ सम्ममा अध्ययनरत विधार्थीहरुको सहभागिता रहेको जानकारी गराउदै आधारभुत तह र माध्यमीक तहका विधालयको अलग अलग प्रतियोगिता हुने जिल्ला शिक्षा विकास समन्वय इकाई सर्लाहीको सभाहलमा भएको पत्रकार सम्मेलनवमा बताईएको छ । मंसिर १८र १९ दुई दिन चल्ने विज्ञान प्रदर्शनी मेलाको उदघाटन मंसिर १८ गते मंगलवार विहान १० बजे हुने जानकारी गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट