मङ्लबार, भदौ २, २०८३
Tue, August 18, 2026

मन्त्री यादवले गरे सर्लाही क्रिकेट लिग सिजन २ को शुभारम्भ

सर्लाही ३ कार्तिक । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले सर्लाही क्रिकेट लिग २०८१ सिजन २ को उदघाटन गरेर शुभारम्भ गरेका हुन । मन्त्री यादवले जिल्ला खेलकुद विकास समिति कभर्ड हलमा एक कार्यक्रम बिच रिबन काटेर टुर्नामेन्टको शुभारम्भ गरेका हुन । सर्लाही क्रिकेट संघको आयोजनामा भईरहेको टुर्नामेन्टमा जिल्ला भरिका खिलाडीलाई ६ वटा क्रिकेट टिममा विभाजन गरि टुर्नामेन्ट थालिएको हो ।

टीमहरुलाई गौतम बुद्ध,माँ जानकी,सगरमाथा,कञ्चनजंगा,अन्नपुर्ण र माछापुछ्रे नामाकरण गरि टुर्नामेन्ट थालिएको सर्लाही क्रिकेट संघले जनाएको छ । उदघाटन समारोहमा मन्त्री यादव सहित खेलप्रेमी,संचारकर्मी लगायतको बाक्लो उपस्थिती रहेको थियो । उदघाटन समारोह सर्लाही क्रिकेट संघका अध्यक्ष माधव कर्मचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही क्रममा आज उदद्धाटनका दिन सगरमाथा र बुद्ध टिमबिच भिडण्त हुदै छ । टुर्नामेन्टको फाईनल खेल कार्तिक १० गते खेलाईने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट