सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सक आन्दोलनमा (भिडियो सहित )

अनवर अहमद ः
सर्लाही ३ कार्तिक । तलब नपाएपछि सर्लाही सदरमुकाम स्थित प्रादेशिक अस्पताल मलंगवाका चिकित्सकहरु आन्दोलनमा उत्रेका छन । विगत ३ महिना देखि तलब नपाएपछि अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रेका ह्न । श्रावन महिनादेखि नै तलब नपाएपछि हिजो देखि छात्रवृति करार सेवामा खटिरहेका १४ जना मेडिकल अधिकृत तलब माग गर्दै हातमा कालो पट्टी बाधेर काम थालेका हुन ।

देशभरिको सबै प्रदेशमा तलब पाईसकेको तर मधेश प्रदेश अन्तरगत काम गर्ने हामीले मात्र विगत ३ महिना देखि तलब नपाएको प्रादेशिक अस्पताल मलंगवाका मेडिकल अधिकृत डा. अमित कुमार बताउछन । पटक पटक आवाज उठाउदा पनि सरोकारवाला निकायले कुनै सुनुवाई नगरेको उनको भनाई छ । विगतमा पनि ६ महिना पछि तलब खुवाएका प्रदेश सरकारले यस पटक पनि ३ महिना देखि तलब र दशैको पेश्की समेत नदिएको उनले पिडा पोखे । बारम्बार तलब पाउन पनि आन्दोलन नै गर्नुपर्ने हो कि भन्ने प्रश्न सरोवारवाला माझ तेर्साएकाछन ।

तलब माग गर्दै आफुहरुले शान्तिपुर्ण आन्दोलन थालेको प्रादेशिक अस्पताल मलंगवाका अर्का मेडिकल अधिकृत डा.ओम सहनी बताउछन । बिरामीलाई सेवा दिई रहेपनि आफनो तलब माग गर्दै बिरोद्ध स्वरुप हातमा कालो पटटी बाधेर काम गरिरहेको उनको भनाई छ । बाकी रहेको तलब भुक्तानी नभए तथा अगामी दिनमा पनि हाम्रो तलब कति महिनामा पाउने भन्ने यकिन नभएसम्म हाम्रो चरणबद्ध आन्दोलन जारी रहने उनको कथन छ ।

 

अस्पताल प्रशासन बाकी रहेको तलब भुक्तानीको लागि पहल गरिरहेको प्रादेशिक अस्पताल मलंगवाका अध्यक्ष सतिस साह बताउछन । छात्रवृति कार्यक्रममा कार्यरत कर्मचारीको तलब संध सरकारबाट प्रदेश सरकार र प्रदेश सरकारबाट अस्पतालमा आउने भएपछि ढिलाई भएको उनको कथन छ । यधपी जसरी भएपछि एक साता भित्र बाकी तलब भुक्तानीको लागि प्रदेश सरकारसंग पहल भईरहेको उनको भनाई छ ।

यस अधि असोज २८ गते तलब नपाएका प्रादेशिक अस्पताल मलंगवाका १४ जना चिकित्सकले आफनो तलब माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाही तथा अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाईसकेको छ । ज्ञापन पत्रमा तलब नपाएका चिकित्सकका समुहले असोज ३० गते सम्म तलब भुक्तानी नभए अस्पतालका ओपीडी,इम्रजेन्सी लगायतको सेवा समेत अबरुद्ध गर्ने चेतावनी समेत दिएका थिए । तर प्रदेश सरकार र अस्पताल प्रशासनबाट कार्तिकको ९ गते भित्र बाकी रहेको तलब भुक्तानी गरिने भनि आश्वासन आएपछि मेडिकल अधिकृतको समुह शान्तिपुर्ण आन्दोलनमा गई सेवा सुचारु गरेका हुन । कार्तिकको ९ गते सम्मपनि बाकी रहेको तलब भुक्तानी नभए आउने दिनमा मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मै गएर आन्दोलन गर्ने उनीहरुको भनाई छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट