सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

घटस्थापनाको अवसरमा सर्लाहीको मलंगवामा भव्य कलश शोभा यात्रा (भिडियो सहित )

सर्लाही १७ असोज । नेपालीहरुको महान चाडपर्व बडा दशैं आज देखि  शुरु भएको हो । दशैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा आज सर्लाहीको मलंगवामा भव्य कलश शोभा यात्रा निकालिएको थियो । मलंगवा वडा नं १० स्थित श्री श्री १०८ माँ दुर्गा पुजा समिति र मलंगवा ४ स्थित दुर्गा पुजा समितिदृारा आज भव्य कलश शोभा यात्रा निकालिएको हो ।

मलंगवाको तिनबिधे मैदानबाट शुरु भएको कलश शोभा यात्रा नगरपरिक्रमा गरि कलशस्थापना गरिएको मलंगवा वडा नं १० का वडा अध्यक्ष मुकेश झाले बताए । करिब २ हजार श्रद्धालुको उपस्थितीमा कडा सुरक्षाका बिच शान्तिपुर्वक कलश शोभा यात्रा सम्पन्न भएको अध्यक्ष झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट