सर्लाही १७ असोज । सर्लाहीको मलंगवा स्थित पुरानो बसपार्क मा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरि मलंगवा सहित सर्लाही का सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । आज बिहान एक कार्यक्रम आयोजना गरि मलंगवा स्तिथ पुरानो बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

मलंगवा स्थित यात्रु सहायता कक्षको उदघाटन सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले गरेका हुन । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चाडपर्व र आम नागरिकको सुविधालाई लक्षित गरि जिल्लाको लालबन्दी, फुलजोर,नवलपुर,कर्मैया, बरहथवा र आज मलंगवामा समेत स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका इन्चार्ज प्रहरी निरिक्षक रजोश घिमिरेले बताए । । मलंगवा स्थित यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक,रबिन्द्र बहादुर सिंह, ,सशस्त्र प्रहरी उपरिक्षक बिनोद राज खनाल प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ, मलंगवा यातायात प्रा.लि.का अध्यक्ष दिपलाल महतो लगायत यातायात व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
