सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

ट्रेक्टरले किचेर, माछा मारिरहेका एक बालकको मृत्यु ३ घाईते

सर्लाही १७ असोज । सर्लाहीको मलंगवा नगरपालिका बडा नं ७ मुसैलीमा ट्रेक्टरले किचेर नहरमा माछा मारिरहेका एक बालकको मृत्यू भएको छ भने तिन जना घाईते भएका छन । दुर्घटनामा परि मृत्यु हुनेमा मलंगवा नगरपालिका ७ मुसैलीका दिनेश साहका १२ वर्षिय छोरा रवि साहको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गम्भीर घाईते भएका रविलाई थप उपचारका लागि बिरगंज तर्फ लैजादै गर्दा बाटो मै मृत्यू भएको प्रहरीको भनाई छ ।

आज बिहान करिब साढे सात बजे खुटौनाबाट मुसैली तर्फ जादै गरेको ना ३ त १६२ नम्बरको ट्रेक्टर अनियन्त्रित भएर नहरमा पल्टिदा त्याहा माछा मारिरहेका एक जनाको मृत्यु र तीनजना बालक घाईते हुन पुगेको हो । घाईते ३ जना मध्ये गम्भीर घाईते भएका मुसैली बस्ने जवाहिर मन्सुरको १० वर्षिय छोरा सलमान मन्सुर र कौशल मन्सुरीका १० वर्षिय छोरा जमाल मन्सुरको थप उपचारको लागि बिरजंग रेफर गरिएको र सामान्य घाईते दिनेश साहका अर्का छोरा १० वर्षिय आर्यन साहको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको छ । ट्रेक्टर र चालक दुबै प्रहरीको नियन्त्रणमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट