सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

राहतको पर्खाईमा सर्लाहीका बाढी पिडित (भिडियो सहित)

घरहरु अझै डुबानमा रहेकोले जनजिवन कष्टकर

सर्लाही १६ असोज । अबिरल वर्षाका कारण आएका बाढीले बागमती नदीको बाध फुटेर बस्तीमा पानी पस्दा सर्लाहीको बलरा र बरहथवा नगरपालिका तथा रामनगर,बसबरिया र धनकौल गाउपालिकाका विभिन्न ठाउहरु डुबानमा परेको थियो । पानी रोकिएको ३ तिन बितिसक्दा समेत बलरा नगरपालिकाको वडा नं ३ लक्ष्मीपुरको दर्जनौ घरधुरी अझै डुबान मै छ । करिब १ सय भन्दा बढि धर डुबानमा रहेको लक्ष्मीपुरका पिडितहरु राहतको पर्खाईमा छन । घरहरु अझै डुबानमा रहेका कारण छिमेकीको घरमा बास बस्नु परेका अवस्थामा छन पिडितहरु ।

बाढीले घरको अनाजहरु समेत बिग्री सकेकोले ४)५ वटा घरका मान्छेहरु एकै ठाउमा बस्ने र खाना पकाएर खान बाध्य भएको बलरा नगरपालिका वडा नं ३ लक्ष्मीपुरका सुशिल मिश्र बताउछन । अहिले तुरुन्त तिरपाल र खानेकुराको नितान्त जरुरी रहेको उनको भनाई छ ।
बाढीले घरमा भएको सबै तहस नहस भएकाले आफुलाई खान बस्न समेत गाह्रो भएको पिडित जानकी राम बताउछन । घर अझै डुबानमा परेको छ । पुन घर मर्मत गर्न कम्तमाी १५ बीस दिन लाग्ने भएकोले एतीको दिन सम्म कहा बस्ने के खाने भन्ने चिन्ताले आफुलाई सताएको पिडित रामको भनाई छ ।
ऋर्का पिडित बलरा ३ बस्ने बासुदेव महरा भन्छन, बाढीका कारण घर पुर्णरुपमा क्षति भयो,घरमा जे जति थियो सबै बग्यो,खेतको धानबाली समेत नष्ट भयो,पशु चौपायालाई खुवाउन समेत आहार छैन, यति हुदा समेत कुनै तहको सरकारले हाम्रो पिडा नबुझेको उनको भनाई छ ।

उता जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रजअ होम प्रसाद घिमिरेले तथ्यांक संकलन संगै विभिन्न ठाउम राहत बाडने काम समेत भईरहेको जानकारी गराए । बढि क्षति भएका क्षेत्रमा तत्काल बढि पिडित देखिएका लाई राहत बितरण भईरहेको उनले बताए । तथ्यांक संकलन भईसकेपछि स्थानीय सरकार,प्रदेश सरकार तथा संघिय सरकारसंग समन्वय गरेर राहत तथा पुर्नस्थापनाका लागि पहल गरिने उनले बताए ।
तीन दिन सम्म परेको अबिरल वर्षा का कारण सर्लाहीमा बागमती नदीले मात्र नभई लखनदेही,मनुस्मारा,झीम र फुलजोर खोलाले समेत बिताण्डा नै मच्चायो । बाढीले सर्लाहीको बलरामा मात्र नभई बरहथवा,बलरा,इश्वरपुर र मलंगवा नगरपालिका तथा रामनगर,बसबरिया,कौडेना र चक्करघटा गाउपालिकामा रहेका दर्जनौ बस्तीहरु डुबानमा परे । बाध फुटेर बस्ती तर्फ मोडिएको नदीको भेलले सर्लाही मा ३ जनाको मृत्यु भयो भने २ सय ३६ घर पुर्णरुपमा ५ सय ३९ घर आंशिक रुपमा क्षति भयो र करिब १३ सय ६९ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रराम्भीक तथ्यांकले देखाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट