सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

बाढी पिडितहरुका लागि मधेस सरकारले छुट्यायो १५ करोर

सर्लाही,असोज १५ \

तीन दिनसम्मको अविरल वर्षाका कारण आएको बाढीले पिडित बनेका प्रदेशवासीको लागि मधेश सरकारले ले १५ करोर रुपैया छुटटयाएको छ । मधेश प्रदेश सरकारले अविरल वर्षाले र्पुयाएको क्षति बापत पीडितहरुलाई राहत,पुनःस्थापना र बाढीले भत्काएको सडकहरुको निर्माण तथा तटबन्धको लागि प्रदेशको आठवटै जिल्लाहरुको लागि १५ करोड रुपैयाँ छुट्याइएको मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले जानकारी गराए ।

हिजो सोमबार मन्त्री राय सहित उर्जा,सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय सांसद महेन्द्र राय यादव,प्रदेश सांसद जंगिलाल राय, कौडेना गाउँपालीका प्रमुख रूपेश कुमार यादव समन्धित वडाअध्यक्ष लगायतले लखनदेही नदीले गरेको कटान तथा क्षतिको स्थलगत अनुगमन गरेका थिए । टोलीले सर्लाहीको क्षेत्र नम्बर २ अन्तर्गत मलंगवा नगरपालिकाको वडा न ५ भाँडसर,वडा न ६ खुटौना तथा कौडेना गाउँपालिका वडा न १ सुखचैना,वडा न ५ छपकहिंया र वडा न ७ सक्रौल लगायत बाढ प्रभावित स्थानहरुको स्थल गत निरीक्षण गरेका हुन।

प्रत्येक वर्ष वर्षा याममा खोलामा बाढी आउँदा लखनदेही किनारका बासिन्दाहरुले ठूलो जनधनको क्षति बेहोर्दै आएका छन् । यस क्षेत्रको हजारौ बिगहा खेती योग्य जग्गा बाढीले बगरमा परिणत भइसकेको छ । अबिरल बर्षाका कारण नदिमा आएको बाढीले लखनदेही किनार बस्ने मात्र नभई बागमति र झिम नदी किनार बस्ने समेतको सैकरौ घर डुबानमा परेको छ । बाढीले सर्लाहीको दक्षिणी क्षेत्र बलरा नगरपालिका र रामनगर गाउपालिकामा समेत अतुलनिय क्षति पुर्याएको छ ।

बाढीका कारण सर्लाहीमा ३ जनाको मृत्यु भईसकेको छ भने २ सय ३६ घर पुर्णरुपमा क्षति,५ सय ३९ घरमा आशिंक क्षति र करिब १३६९ घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट