सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

सर्लाहीको हरिपुर्वामा गोली हानेर पत्नीको हत्या

छोराले प्रहार गरेको गोली लाग्दा बुवा पनि घाइते

सर्लाही १० असोज ।
सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन । छोराले प्रहार गरेको गोली लागेर युवकका बुवा पनि घाइते भएका भएका छन । हिजो राति करिब २ बजे हरिपूर्वा नगरपालिका ५ का २७ वर्र्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्र्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

‘टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको थियो भने , ‘हातको कुइँनामा गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्र्षीय रामदिनेश यादव घाइते छन । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । बुवाको अवस्था भने खतरामुक्त छ ।

घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएका प्रहरीको भनाई छ । प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

उनका बुवा राम दिनेश यादवका अनुसार धिरेन्द्र दुई महिनाअघि मात्रै वैदेशिक रोजगारी (कुवेत)बाट फर्किएका थिए । विदेश बाट आए देखि नै धिरेन्द्र पत्नीसंग अब नबस्ने भन्दै झगडा गरेका थिए । राती गोली हानेर भाग्ने क्रममा छोरालाई समाउन खोज्दा आफु माथि पनि गोली चलाएर घाईते बनाएको उनको भनाई छ ।

त्यसपछि घरमा २-३ दिन बसेर उनी भारततिर गएका थिए। त्यस यता घर नफर्किएका उनी गएराति मोटरसाइकलमा एकजनालाई साथमा लिएर घर आएका थिए । मध्यराति घरमा पुग्नासाथ उनले गोली प्रहार गरेर पत्नीको हत्या गरेको बु्वा राम दिनेश यादवले बताए । घिरेन्द्र र चित्रलेखाका एक २ वर्षिय छोरी छन । उनी भने सकुशल रहेकी यादवको भनाई छ ।
हरिपुर्वाबाट भारतिय सिमा नजिकै भएको कारण हत्या पछि अभियुक्त धिरेन्द्र उतै भागेको हुनुपर्ने आशंका गरिएको छ । फरार रहेका धिरेन्द्रको खोजतलास तिब्र पारिएको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट