सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

पर्यटन मन्त्री शकिल मियाले गरे सर्लाहीका पर्यटकीय सम्भावना बोकेका धरोहरहरुको अवलोकन

अनवर अहमद ः
सर्लाही, ९ असोज ।
सर्लाहीका पर्यटकीय सम्भावना बोकेका धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक धरोहरहरुको मधेश प्रदेशका पर्यटन मन्त्री शकिल अलि मियाले अवलोकन गरेका छन । पर्यटन मन्त्री मियाले सर्लाही जिल्लामा आन्तरिक पर्यटनको सम्भावना बोकेका तर प्रचार प्रसारको अभावमा ओझेलमा परेका विभिन्न धार्मिक तथा ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदाहरुको अवलोकन तथा अध्यनन् गरेका हुन ।


“घुमौ मधेस ,बुझौ प्रदेश” भन्ने मूल नाराका साथ नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले आज सर्लाहीको मलंगवामा सरोकारवालासंग अन्तरक्रिया गरेको थियो । मधेश प्रदेशका ८ वटै जिल्लालाई लक्षित गरेर पर्सा राष्ट्रिय निकुञ्ज बाराबाट सुरु गरेको बृहत पर्यटन प्रचार प्रसार तथा अध्यन अवलोकन तथा अन्तरक्रिया कार्यक्रम आज सर्लाहीमा पनि सम्पन्न भएको हो । कार्यक्रममा सर्लाही जिल्लामा आन्तरिक पर्यटनको सम्भावना बोकेका तर प्रचार प्रसारको अभावमा ओझेलमा परेका विभिन्न धार्मिक तथा ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदाहरुको संरक्षण तथा विकासको बारेमा मधेस सरकार ,स्थानीय सरकार र सरोकारवालाहरु सँग छलफल गरिएको थियो ।
छलफल पश्चात नेपाल होटल तथा पर्यटन महासंघका पदाधिकारीहरु तथा पर्यटन मन्त्री मिया सहितको टोलीले सर्लाहीका विभिन्न पर्यटकीय,धार्मिक तथा सांस्कृति महत्व बोकका स्थानहरुमा स्थलगत अवलोकन तथा अध्यनन् गरेका थिए । टोलीले सर्लाहीको बागमति नगरपालिकामा रहेको भरतताल,मलंगवा नगरपालिकाको राजदेवी माई मन्दिर,मलंगवाबाबा, चमेलीमाई मन्दिर लगायतको अवलोकन तथा अध्ययन गरेका हुन ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमको अध्यक्षता तथा मधेस प्रदेश सरकारका पर्यटन मन्त्री सकिल अली मियाँको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी,कबिलासी न.पा का मेयर ब्रम्हदेव राय,सुजाता होटल मलंगवाका संचालक सुगन्ध कुमार गुप्ता लगायतले पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएका थिए ।
नेपाल होटल तथा पर्यटन महासंघ सर्लाहीको आतिथ्यमा सम्पन्न कार्यक्रममा सर्लाही अध्यक्ष राजेश कुमार शर्माले तिनै तहका सरकारले उचित ध्यान दिए धार्मिक, साँस्कृतिक र प्राकृतिकरुपमा पर्यटकीय दृष्टिकोणले मधेश प्रदेशको सर्लाही जिल्ला ठूलो पर्यटकीय हब बन्न सक्ने धारणा राखेका थिए । देश निर्माणमा होटेल तथा पर्यटन व्यवसायले अहम भुमिका खेलेको बताउदै सरकारले योजना ल्याएर यो व्यवसायलाई अझै सशक्त बनाउनु पर्ने नेपाल होटल तथा पर्यटन विकास महासंध सर्लाहीका महासचिव सन्तोष दासले बताए ।
कार्यक्रममा मधेश प्रदेश कि हसिना खातुन,कृष्ण तामाङ ,सुरेन्द्र कुमार भण्डारी ,नेपाल टेलिकमका राजिव कुमार राय,नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारी,सर्लाही र महोत्तरी जिल्लाका पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट