अनवर अहमद ः
सर्लाही ५ असोज । सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा पहिलो पटक ब्लड ट्रान्सफयुजन सेवा सुरु भएको छ । प्रादेशिक अस्पताल मलंगवाको आयोजना र मधेश जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा संविधान दिवसको अवसरमा बिहिबार देखि विधिवत रुपमा ब्लड ट्रान्सफयुजन सेवा सुरु गरिएको हो ।

संविधान दिवसमा अवसरमा लक्ष्मी ब्लड कनेक्टको सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रम संचालन गरि ब्लड ट्रान्सफयुजन सेवापनि शुभारम्भ गरिएको प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेण्डेन्ट नवल झाले बताए । सेवा सुचारु भएपछि अब बिरामीलाई आवश्यक्ता अनुसार छुट्टै हेमोग्लोविन,प्लेटिलेट र प्लाजमा समेत चढाउन मिल्ने भएको हो । अब एनेमिया भएको बिरामीलाई पिआरभिसि, प्लेटिलेट कमि भएको बिरामीलाई पिआरपी र बर्निन्गिको खण्डमा वाइट ब्लड सेल सिधै चढाउन मिल्ने भएको मेसु झाले जानकारी गराए । ब्लड ट्रान्सफयुजन सेवा सुरु भएपछि अब बिरामीले रगत अभावमा अकालमै ज्यान गुमाउनु नपर्ने आकलन गरिएको छ ।
