सर्लाही १७ असोज । सर्लाही स्थित प्रादेशिक अस्पताल मलंगवाको मेडिकल सुपरिटेण्डेण्टमा पुनः एक चोटी डा. सन्जिव सिंह हाजिर भएका छन । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको निर्णय बमोजिम डा.सिंह हिजो बुधबार देखि प्रादेशिक अस्पताल मलंगवाको कार्यभार सम्भाले हुन ।
यस अघि पनि डा.सिंहले मलंगवा अस्पतालमा मे.सु.को रुपमा काम गरिसकेका छन । मधेश प्रदेश सरकारले जिल्ला स्वास्थ्य कार्यालय सर्लाही तथा प्रादेशिक अस्पताल मलंगवा दुवैको प्रमुखको रुपमा कार्य गर्दै आईरहेका डा .नवल झालाई अस्पतालको जिम्मेवारीबाट मुक्त गरेको छ ।
