आइतवार, माघ २६, २०८२
Sun, February 8, 2026

जग्गा फिर्ता नगरेको भन्दै प्लाई फैक्ट्रीमा मिटर व्याज पिडित समुहले गरे तालाबन्दी ( भिडियो सहित )

अनवर अहमद ः
सर्लाही २४ पुष । सर्लाहीको मलंगवा ९ स्थित जय जगदम्बे प्लाईउड इण्डस्ट्रीजमा मिटर व्याज पिडित समुहले तालाबन्दी गरेका छन । प्लाईउड इण्डस्ट्रीजका साउ नरेश चौधरीले ऋण को पैसा बुझिसकेको भएपनि जग्गा फिर्ता नगरेको भन्दै पिडित सहित मिटर व्याज बिरुद्ध किशान मजदुर आन्दोलन नेपाल जिल्ला समिति सर्लाहीले प्लाई फैक्ट्रीमा तालाबन्दी गरेका हुन ।

सर्लाहीको इश्वरपुर वडा नं ६ बस्ने जितेन्द्र पंजियारले प्लईउड फैक्ट्रीका साउ मलंगवा ३ बस्ने नरेश चौधरीसंग २०६७ साल बैशाख ८ गते रु ६ लाख ऋण कर्जा लिएका थिए । कर्जा लिएको ऋणको सावा व्याज समेत तिरि सक्दा समेत सो ऋण बापतको जग्गा फिर्ता नगरेको पिडित ऋिणी जितन्द्र पंजियारले बताए । आफुसंग ऋणको सावा व्याज तिरिसकेको भर्पाई समेत रहेपनि जग्गा फिर्ता गर्न चौधरीले आनाकानी गरेको ऋणी पंजियारको भनाई छ ।

जग्गा फिर्ता नभएसम्म चौधरीदृारा संचालित प्लाईफैक्ट्री चल्न नदिने मिटर व्याज बिरुद्ध किशान मजदुर आन्दोलन नेपाल जिल्ला समिति सर्लाही कि अध्यक्ष रुकमणि चौधरीले बताईन् । पैसाकाो सावा व्याज तिरि सक्दा समेत साउ नरेश चौधरी कै भनाईमा पिडित ऋणीले मन्दिरमा गई कसम समेत खुवाईएको अध्यक्ष चौधरीले बताईन । यति हुदा समेत ऋणीको जग्गा फिर्ता गर्न आजभोली गर्दै करिब १ बर्ष बितेको उनले सुनाईन् ।

साउ नरेश चौधरीको यहि अटेरीका कारण आफुहरुले प्लाई फैक्ट्रीमा तालाबन्दी गरेको अध्यक्ष चौधरीले बताईन । यतिले पनि समस्या समाधान र ऋणीको जग्गा फिर्ता नभए आफुहरु थप चरणबद्ध आन्दोलन गर्न बाध्य हुने उनले बताईन् ।

उता यस प्रति जय जगदम्बे प्लाईउड इण्डस्ट्रीजका संचालक नरेश चौधरीसंग बुझदा उक्त जग्गा आफुले किनेको बताए । उनले भने वर्षौ पहिला किनेको जग्गा कसरी र किन फिर्ता गर्ने । पैसा बुझेको भर्पाईकाो बारेमा बुझदा आफु नभएको बेला जबरजस्ती आफनो श्रीमति सोना देवीसंग भरपाई गराएको चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट