सोमवार, जेष्ठ ४, २०८३
Mon, May 18, 2026

पत्रकार मनाेज यादव सर्लाही–३ बाट सिफारिस

सर्लाही, पुस २२ :
‎जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला समिति सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट नाम  सिफारिस गरेकाे छ।
‎जिल्ला समिति सर्लाहीको पुस २० गते बसेको बैठकले चार वटै क्षेत्रका उम्मेदवारकाे नाम सिफारिस गर्ने निर्णय गरेको हो।
‎सिफारिस गरिएका उम्मेदवारमध्ये सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनाेज कुमार यादव रायलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। यादव पार्टी स्थापना कालदेखि नै प्रचार–प्रसार, संगठन निर्माण तथा विभिन्न जिम्मेवारी सम्हाल्दै हाल प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्षका रूपमा सक्रिय रहँदै आएका छन्।
‎त्यसैगरी, क्षेत्र नं. ३ बाट रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी. यादव) र विनोद यादवलाई समेत सिफारिस गरिएको छ।
‎जिल्ला समितिले सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधिर कुमार यादव, क्षेत्र नं. २ बाट भरत चौधरी तथा क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ।
‎जिल्ला समिति सर्लाहीका अध्यक्ष रणधिर कुमार यादवद्वारा हस्ताक्षरित पत्रमार्फत सिफारिस  पठाइएको जिल्ला समितिले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट