सर्लाही टुडे समाचारदाता ः
सर्लाही १७ पुस । नागरिकता कसुरमा पक्राउ परेका मलंगवा नगरपालिका वडा नं ७ मुसैलीका वडा अध्यक्ष ईसा मिकरानी रिहा भएका छन् । वडा अध्यक्ष मिकरानी ६० हजार धराैटी बुझाएर रिहा भएका हुन् । सर्लाही जिल्ला अदालतकाे आदेशमा ६० हजार धराैटी बुझाएर उनि रिहा भएकाे वडा अध्यक्षका छाेरा रुस्तम मिकरानीले बताए ।
प्रहरीले वडा अध्यक्ष मिकरानीलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीको पत्र जाहेरीले वादि नेपाल सरकार प्रतिवादी राम विश्वास राय समेत भएको नागरिकता सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरेकाे थियाे ।
वडा अध्यक्ष मिकरानीलाई यहि पुस १३ गते मलंगवा २ स्थितबाट पक्राउ गरेर प्रहरीले थप अनुसन्धान थालेका थिए ।
