सर्लाही टुडे समाचारदाता :सर्लाही १५ चैत्र । मधेश प्रदेश सरकारले कार्यसम्पादन तथा उपचारका लागी आउने बिरामीको संख्याको आधारमा प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नती गरेको छ ।
अस्पतालको लागी अस्थायी दरबन्दी स्वीकृत गर्ने प्रस्तावमा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार १०० बेडको अस्पताल स्तरोन्नति तथा सञ्चालनको स्वीकृती प्रदान गरिएको प्रादेशिक अस्पताल मलंगवाका व्यवस्थापन समितिका अध्यक्ष सतिस साहले बताए । अस्पताल १०० बेडमा स्तरवृद्धि हुनुले विगतदेखि बिरामीहरूले पाउँदैआएको सेवा सुविधामा थप सुधार हुने अपेक्षा गरिएको अध्यक्ष साहले बताए ।
प्रादेशिक अस्पतालमा थप विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मी, पूर्वाधारमा ,सुधार, थप उपकरण र सुविधा सम्पन्न भवनहरूमा बिरामीको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने प्रादेशिक अस्पतालका मेसु संजिव सिंहले बताए ।
स्तरवृद्धि अस्पतालको विकास र सुधारको लागि एउटा महत्वपूर्ण कदम हो ,यसले सर्लाही क्षेत्रका जनतालाई अझ राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने तथा उपचारको लागि हजारौँ रुपैयाँ खर्चेर बाहिर जानुपर्ने बाध्यता विस्तारैै हटदै जाने विस्वास लिइएको हो ।
