आइतवार, फाल्गुन १०, २०८२
Sun, February 22, 2026

गोली प्रहार गरी पुर्वाधार विकास कार्यालयमा कार्यरत सब इन्जिनियर यादवकाे हत्या 

 

सर्लाही टुडे समाचारदाता ः
सर्लाही ३ फाल्गुन । सर्लाहीकाे मलंगवा न.पा. १० देवीटोल स्थित अज्ञात व्यक्तिकाे गाेली प्रहारबाट सब इन्जिनियर प्रमाेद कुमार यादवकाे मृत्यु भएकाे छ । अाज करिब ८ बजेकाे समयमा सिरहा सुखीपुर न.पा. ६ बैशाखा घर भई हाल मलंगवा १० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्ने जिल्ला पुर्वाधार विकास कार्यालयमा कार्यरत सब इन्जिनियर ३६ वर्षिय यादवकाे मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । छातीमा गाेली लागेर लडेकाे अवस्थामा देखेर निज यादवकाे श्रिमतिले प्रहरीलाई खबर गरेकी थिईन । प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको कमाण्डमा खटेकाे टोलीले खटी घाईते यादव लाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा पठाएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेकाे प्रहरीकाे भनाई छ । यादवलाई किन र कसले गाली हानेकाे भन्ने विषयमा अनुसन्धान भईरहेकाे बताईएकाे छ । शालिन स्वभावका धनी यादवकाे एउटा २ वर्षिय छाेरी रहेकाे बुझिएकाे छ । घटना पश्चात् मलंगवा नगरभरिकाे स्थानीयमा एक किसिमकाे डर र त्रासकाे माहाेल श्रृजना भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट