आइतवार, माघ २६, २०८२
Sun, February 8, 2026

‎जसपा नेपाल सर्लाही जिल्लाकाे आधिकारिक अध्यक्ष रणधिर यादव रहेको केन्द्रीय कार्यालयद्वारा स्पष्ट

मनाेज यादव।सर्लाही, पुस ११ — जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्लाही जिल्लाको जिल्ला कार्यसमिति आधिकारिक रहेको स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरले बुधबार एक पत्र जारी गर्दै मिति २०८२ भाद्र २२ गते सम्पन्न सर्लाही जिल्लाको प्रथम एकताको अधिवेशनबाट निर्वाचित अध्यक्ष रणधिर कुमार यादवसहितको जिल्ला कार्यसमिति नै आधिकारिक रहेको जानकारी गराएको हो।‎

केन्द्रीय कार्यालयले सर्लाही जिल्ला समितिलाई सम्बोधन गर्दै पठाएको पत्रमा उक्त अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले पार्टीको विधान र प्रक्रियाअनुसार वैधता प्राप्त गरेको उल्लेख गरिएको छ। पार्टीभित्र पछिल्लो समय देखिएको आधिकारिकतासम्बन्धी अन्योललाई समाप्त पार्न यो पत्र जारी गरिएको बताइएको छ।‎‎

केन्द्रीय कार्यालयको यो निर्णयपछि सर्लाही जिल्लामा जसपा नेपालको संगठनात्मक गतिविधि थप व्यवस्थित र सशक्त हुने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट