सर्लाही टुडे समाचारदाता
सर्लाही, २६ मंसिर । द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको खुद नाफा १६ कराेड बढी रहेकाे संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र कुमार यादवले बताएका छन ।
संस्था काे २९ औं वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले यसाे बताएका हुन । अध्यक्ष यादवले संस्थाले समयसापेक्ष परिमार्जन गर्दै प्रविधि–आधारित सेवामार्फत सदस्यलाई गुणस्तरीय सुविधा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए ।
संस्थाले सुरु गरेको डिजिटल सेवाहरू—अनलाइन बैंकिङ र QR कोड—ले सदस्यलाई अझ सहज सेवा उपलब्ध गराइरहेको संस्थाका महाप्रबन्प्रधक नागेन्द्र प्रसाद चौधरीले जानकारी दिए । हाल प्रधान कार्यालय मलंगवाससहित २९ शाखा तथा सेवा केन्द्रमार्फत सेवा विस्तार भइरहेको उनले बताए । महाप्रबन्धक चौधरीले वीरगंजमा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेको तथा लहान र कलैयामा भवन निर्माण तथा खरिद प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए ।
मलंगवाकाे कुसुम पार्टी प्यालेस सम्पन्न सभामा संस्थाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि करिब ७ अर्ब ९२ करोडको कारोबार तथा ३६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्ने लक्ष्य प्रस्तुत गरिएकाे थियाे ।
