अनवर अहमद ः
सर्लाही २५ मंसिर । सर्लाहीको गाडैता नगरपालिका का वडा नं १ र १२ बालविवाह मुक्त घाेषणा गरिएकाे छ । बालविवाह जिन्दगी तबाह भन्ने नाराका साथ नगरपालिकाकाे वडा नं १ बहादुरपुर र वडा नं १२ मधुबनीलाई बालविवाह मुक्त घाेषणा गरिएकाे हाे ।

गाेडैता नगरपालिकाकाे बालविवाह मुक्त क्षेत्र घाेषणा कार्यविधि २०८१ बमाेजिम नगरपालिका,सेभ द चिल्ड्रेन र राष्ट्रिय राेजगार प्रबर्द्धन केन्द्रकाे सहकार्यमा विभिन्न जनचेतना मुलक कार्यक्रम गरि सर्लाही मै पहिलाे बालविवाह मुक्त वडा घाेषणा गर्न अाफुहरू सफल भएकाे गाेडैता नगरपालिका का मेयर देवेन्द्र यादवले बताए । नेपाल सरकारले विवाह दर्ता समेत अनलाईन बाटै गर्ने प्रावधान ल्याई सकेकाेले २० वर्ष मुनि बालबालिकाकाे विवाह गरे नागरिकता र विबाह दर्ता समेत बनाउन नमिल्ने र अाफनै देशमा अनागरिक बनेर बस्न बाध्य हुने अवस्था नअाअाेस बताउदै अागामी दिनमा कडाईका साथ बालविवाह राेक्न सबैले भुमिका खेल्नुपर्ने मेयर यादवले बताए ।

अाफनाे वडा सर्लाही जिल्ला मै प्रथम बालविवाह मुक्त घाेषणा एक ऐतिहासिक उपलब्धि रहेकाे बताउदै भविष्यमा कुनैपनि बालविवाह नहाेस भन्ने सुनिश्चितता गर्न निरन्तर प्रयास,सशक्त समुदाय सहभागिता र कानुनी कार्यान्वयन अनिवार्य रहेकाे वडा नं १२ का अध्यक्ष केशव कुमारले बताए । बालविवाह मुक्त वडा घाेषणा पश्चात् पनि बाल अधिकार समितिकाे नेतृत्वमा सबै सराेकारवाला र बालबालिकाहरु सहितकाे उपस्थितमा वार्षिक याेजना नै तयार गरि विभिन्न क्रियाकलाप हरु संचालन गरिने वडा अध्यक्ष कुमारले जानकारी गराए ।
सभामा बालविवाह मुक्त घाेषणा कार्यान्वयन कार्यपत्र २०८२ प्रस्तुत गरेर उपस्थित स्थानीय ,नागरिक अगुवा सहित ले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । वडा अध्यक्ष केशवकुमार काे अध्यक्षतामा सम्पन्न सभामा गाेडैता नगरपालिका का मेयर देवेन्द्र यादव,सेभ द चिल्ड्रेनका सर्लाही काेअर्डिनेटर देवेन्द्र प्रसाद यादव लगायत स्थानीयहरूकाे बाक्लाे उपस्थिती देखा परेकाे थियाे ।
